छिमेकीलाई हतियार प्रहार गर्ने बि.क पक्राउ

घाईतेको अवस्था गम्भिर

चितवन,जेठ १९/चितवनमा छिमेकीलाई धारिलो हतियार प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–११ का ३५ वर्षीय नारायण विक रहेका छन् ।

उनलाई शनिबार राति भरतपुर महानगरपालिका–२९ जुगेडीबाट पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानाकारी दिए। विकले शुक्रबार राति छिमेकी ३४ वर्षीया सोममाया कामीलाई धारिलो हतियार प्रहार गरेका थिए । हतियार प्रहारपछि घाइते कामीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
घटनापछि फरार रहेका विकलाई बिशेष सूचनाको आधारमा पक्राउ गरिएको हो । पक्राउ परेका विकलाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद १२ ज्यानसम्बन्धी कसुरअन्तर्गत १८६ बमोजिम ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रवक्ता डि.एस. पी. रेग्मीले बताए ।