असुरक्षित बन्दै चितवन : सामान्य बिवादमा खुँडा प्रहार हुँदा एक महिला गम्भीर घाइते, दोषी फरार

  चितवन । चितवन जिल्ला पछिल्लो समय अशान्ति बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी प्रमुख फेरिएसंँगै जिल्लामा सुरक्षा चुनौती थपिएको छ । नयाँ कार्यालय प्रमुखको रूपमा दानबहादुर मल्ल आएपछि त चितवन अशान्ति नै अशान्ति भएको भन्दै स्थानीय गुनासो गर्छन् ।

गएको बुधबारदेखि जिल्लामा एउटा न एउटा घट्ना घटिरहेको छ जस्ले गर्दा समाजमा भय त्रास समेत निम्तिएको छ । भने, बितेको चार दिनयता रंगशालामा भएको डोजर काण्ड बाहेकका अन्य घट्नामा संलग्न कुनै अपराधीहरु हालसम्म पनि पक्राउ पर्न नसकेपछि स्थानीय बासिन्दा सशंकित भएका छन् ।

प्रत्येक दिन एउटा न एउटा घट्ना घटिरहने चितवन जिल्लामा सुरक्षा मजबुत हुन नसक्दा सामान्य विवादमा खुडा प्रहार भएको छ । हिजो शुक्रबार राती २२स्४० बजेको समयमा भरतपुर महानगरपालिका ११ गणेशथानमा छिमेकी ४० वर्षीय नारायण विकले मादक पदार्थ सेवन गरी खुँडा प्रहार गर्दा सोही स्थानको अन्दाजी ३१ वर्षीया सोममाया विक गम्भीर घाइते भएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार घाइते विकको अहिले भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने घट्नास्थल पुगेको प्रहरी टोलीले घट्नास्थलबाट खुँडा भेट्टाएपनि मुख्य अभियुुक्त रूपमा रहेका नारायण बिक भने फरार रहेका छन् । उनको खोजीकार्य जारी रहेको बताउने चितवन प्रहरीले अहिलेसम्म उनको सुराक समेत पत्ता लगाउन सकेको छैनन् ।