नेपाल झस्काउने जयशंकर

२०७२ असोज ३ गते संविधान जारी गर्ने मिति तय भएपछि असोज १ गते प्रधानमन्त्री नरेन्द्र मोदीको दूत बनेर काठमाडौँ उत्रेका थिए , तत्कालीन भारतीय विदेश सचिव एस जयशंकर । झन्डै चौबीस घण्टा काठमाडौँ बस्दा उनले नेपाली नेताहरुसँग जसरी व्यवहार गरे त्यसबारे राजनीतिक वृत्तमा सुमधुर सम्झना छैन ।

उनी फर्कनासाथ नेपालमा संविधान घोषणा भयो, लगत्तै भारतले अघोषित नाकाबन्दी लगायो । तिनै तत्कालीन विदेश सचिव जयशंकर पुनः निर्वाचित मोदी सरकारका विदेशमन्त्री बनेका छन् ।

मोदीको शपथग्रहणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्ति फेरिदैँमा दुई देशको दुई देशको सम्बन्धमा फरक नपर्ने प्रतिक्रिया दिएका छन् । संविधान जारी गर्ने बेला दूत बनेर आएका जयशंखरको व्यवहार नेपाली नेताहरुको मानसपटलबाट भने मेटिएका छैनन् । यो समाचार आजको कान्तिपुर दैनिकमा दुर्गा खनालले लेखेका छन् ।