चितवनमा एसपी मल्लको दादागिरी

बालकको मृत्यु भएपछि ६ जना निर्दोष सर्वसाधारण समातिए ।

 चितवन, १७ जेठ । ‘प्रचण्ड’को सोर्सफोर्स एवं दबाबमा चितवनको प्रहरी प्रमुखका रूपमा सरुवा भइ आएका एसपी दान बहादुर मल्लले कमान्ड सम्हाल्न नसकेको आरोप स्थानीयहरुले लगाउन थालेका छन् । सरुवा भएर चितवनको नेतृत्व लिएकै दिन गौतमबुद्व अन्तर्राष्ट्रिय क्रीकेट रंगशालामा तोडफोड र काम देखाउन निर्दोष ब्यक्तिलाई पक्राउ गरेर दु:ख दिने गरेको घट्ना पुनः एकपटक छताछुल्ल भएको छ । हिजो राती भरतपुर अस्पतालमा उपचारका क्रममा एक बालकको मृत्यु भएपछि कानुनत : अस्पताल प्रशासन समक्ष सत्यतथ्य के भएको हो ? जानकारी लिनुपर्ने हो तर, काम देखाउने बहानामा एसपी मल्लले अस्पताल परिसरमा होहल्ला गरेको भन्दै सामाजिकअभियन्ता अर्जुन भुसालसहित ६ जनालाइ जनालाई प्रहरीले पक्राउ गरेर अनावश्यक रूपमा दु:ख दिएको आरोप स्थानीयले लगाएको छ । रौतहट जिल्ला चन्द्रपुर नगरपालिका ५ बस्ने प्रकाश बस्नेतका १४ महिनाका छोरालाइ गत, जेठ १४ गते निमोनियका कारण उपचारका लागि भरतपुर अस्पताल ल्याइएकोमा बालकको उपचारका क्रममा (हिजो ) बिहीबार साँझ मृत्यु भएको थियो । यता, बालकले आमाको दूध खाने समयमा दूध सर्किएर मृत्यु भएको दाबी अस्पताल प्रशासनको छ । तर, मृतकका आफन्त र सर्वसाधारण यो मान्न तयार छैनन् । उनीहरु चिकित्सकको लापरवाहीका कारण बालकको मृत्यु भएको भन्दै आक्रोशित भएका थिए ।