कार्यकाल सफल बनाएर बिदा भए एसपी राठौर

 चितवन , १६ जेठ ।  शान्ती सुरक्षाको दृष्टिकोणले अत्यन्तै चुनौतीपूर्ण मानिएको चितवन जिल्लामा प्रहरी प्रमुख सुशील सिंह राठौरले आफ्नु १ बर्ष १५ दिन कुशलतापुर्वक बिताउनुभएको छ । जिल्लाका प्रिय प्रहरी प्रमुखका रूपमा मात्रै होईन आफ्नु छुट्टै पहिचान समेत बटुल्न सफल हुनु भएका एसपी राठौर एक ब्यावसायीक, निष्ठावन र सदाचार प्रहरी अधिकृतका रूपमा समेत रहेको चर्चा प्रहरी भित्रभित्रै हुने गर्छ । 

 
प्रहरी संगठनप्रति दाग आउन दिनुहुन्न, संँगठनको ओहोदा र पदिय मर्यादाको सदैव ख्याल गर्नुपर्छ । इमान्दारीतालाई कहिल्यै मर्न दिनुहुन्न भनी विशेष जोड दिदै आएका उहाँलेे आइजी साबबाट भएको निर्देशिकाको सदैव अक्षरंश पालना गर्दैआउनु भएको  छ । आइजी साब र गृहमन्त्री ज्युको निर्देशनलाई पालना गर्ने म एउटा सिपाही मात्रै हुँ भन्नुभएको उहाँले आफूलाई घुस दिनेलाई थुनेर मुद्दा चलाउन समेत पछि पर्नु भएनन् । संगठनको आस्थाप्रति सदैव चल्दै आउनु भएका उहाँले जनताको आड भरोसालाई कहिल्यै मर्न दिनुभएनन् । 
 
सदैव कानुनको दायरा र ओहोदामा रही अघि बढ्ने उहाँ चितवन आएपछि झन् शिखरको चुचुरोमा पुग्नु भयो । अन्यायमा परेकालाई न्याय दिने, दिन दु:खीको सहारा बन्न पाउँदा आनन्दित मात्रै हुनुभएको छैनन् की प्रफुल्लित समेत हुनुभयो । जागीरको यो दौरानमा उहाँ  कयौं ठाउँमा सरुवा हुनुभयो । जहाँ बसेपनि जनताको जनताको सेवा गर्नुभयो । उहाँले चितवन आएर पनि धेरै उपलब्धिमूलक कार्य गर्नुभयो । 
 
जिल्ला आएको ७२ घण्टा नबित्दै उनको पहिलो अप्रेसन बन्यो भण्डाराको ‘ए वान कटेज’ जहाँ ठुलो संख्यामा महिला र पुरुष सहित नियन्त्रणमा लिन सफल हुनुभयो । यसलाई पनि उहाँ उपलब्धिमूलक मान्नुहुन्छ । बिगतमा सो, कटेजमा प्रहरीकै सेटिङ्गमा देह-ब्यापार हुँदै आएको थियो । जहाँ एसपी राठौरले इन्ट्री मारेसँगै सो कटेजमा हुँदै आएको देह- ब्यापार हाल पूर्णरूपमा बन्द भयो । सबैलाई कानुनी दायरामा ल्याउने उहाँको यो प्रशंसनीय काममा यहाँका विभिन्न पेशामा आबद्ध संघसंस्था , बुद्धिजिवी, र ब्यापार ब्याबसायमा होमिएका ब्याबसायी लगायत पदस्थ ब्यक्तिहरुले खुलेरै प्रसंशा गर्छन् । त्यति मात्रै होइन छोटो अवधिमै उनलेे बदनाम प्रहरीलाई तह लगाइ छाड्नुभयो, चितवनको जिम्मेवारी पाए सँगै पहिले आफ्नो संगठनका केही बदनाम साथै बिवादित प्रहरीलाई सुधार गर्नुभयो । लामो समयसम्म जिल्लामा एकछत्र राज गर्नेलाई दरबन्दीमै फिर्ता गर्नुभयो, अन्यत्र दरबन्दी भएकालाई उहाँले तब हटाउनुभयो, जब उहाँले आफ्नै भान्से, बर्डिगार्ड र सवारी चालकबाट सुरुवात गर्नुभयो ।
 
यस्तै, फरार रहेका अभियुक्तलाई पक्राउ गर्न भारतसँग समन्वय गरी अपराधी समात्न समेत उनलेे टोली त्यसतर्फ पठाउनुभयो । लामो समयदेखि प्रहरीकै सेटिङ्गमा सञ्चालनमा हुँदै आएको अबैध ढुंगा, गिट्टी, बालुवाको उत्खननलाई समेत उनलेे भताभुंग नै भयो । चोरी डकैतीमा उल्लेखनीय भुमिका हात पार्न सफल भए, देहब्यापारलाई समेत नियन्त्रणमा लिन सफल भए, जुवाखाल बन्द गराइ छाड्नुभयो भने लागुऔषध बिक्री वितरणमा संलग्न, फरार ब्यक्ति, लगायत गैरकानुनी गतिविधिमा संलग्न ब्यक्तिलाई नियन्त्रणमा लिन उहाँले सूची नै तयार पार्नुभयो । 
 
उहाँकै कार्यकालमा युवा पुस्तामा देखिएको लागूऔषध दुर्व्यसनले अपराध हुने गरेको र यसलाई पहिलो सूचीमा राखेर कामकार्वाहीलाई अगाडि बढाएको उहाँ बताउनुहुन्छ । त्यसबाहेक बैदेशिक रोजगारमा गएका परिवारको विचलन, यौन हिंसा, महिला हिंसा बढ्दै गएको उहाँको निष्कर्ष छ । उहाँले नागरिकस्तरबाट आएका गुनासोलाई यथोचित ढंगले सुनुवाइ गरी ‘अन द स्पोर्ट्’ कानुनी दायराभित्र ल्याउन समेत उल्लेखनीय भुमिका समेत खेल्नुभयो । उहाँको कार्यकालमा जिल्लामा कुनै पनि अपराधीक घटना घट्नु पूर्व पहिल्यै नै सावधानी अपनाउन ठाउँठाउँमा सादा पोशाकका प्रहरी परिचालन मात्रै गरेनन् की जिल्लालाई शान्त र सुरक्षित एवं भयरहित बाताबरणमा नागरिकले बाँच्न पाउने अधिकारलाई समेत आत्मसात गर्दै ‘थ्री एस’ अप्रेसन नै तयार पारी सोही अनुसारको सुरक्षा रणनीति समेत तयार पारे भने , प्रहरीमाथि प्रहरीकै निगरानी गर्न समेत उहाँ लाग्नुभयो । 
 
कुनै पनि घटना घटिहाले त्यसमा संलग्न अभियुक्तलाई फरार भएको समयदेखि दुई साताभित्र आफ्नो नियन्त्रणमा लिन सफल भइ छाड्ने राठौरले असइ सिताराम खतिवडाको कमान्डमा प्रहरी जवानहरू पवन गिरी, प्रकाश श्रेष्ठ, डिल्लीराम बुढाथोकी, गणेश थापा मगर लगायत पाँच जना मात्रै सादा पोशाकका प्रहरी परिचालन गर्दै थोरै प्रहरीका बाबजुद ठुलो सफलता हासिल पार्न आफ्नो टिम सफल भएको भन्दै आफ्नो संगठन र उनीहरुले देखाएको क्रियाक्रलाप प्रति प्रशंसा समेत ब्यक्त गर्नुभयो । पछिल्लो समय जसरी उहाँ राज्यले दिएको जिम्मेवारी इमान्दारीपुर्वक वहन गर्नुभयो । त्यस्ले नागरिक समेत दंग छन् । जनताको स्नेह र सद्भाव पाउँदा उहाँले आफ्ना थुप्रै निजी आकांक्षाहरुको समेत तिलाञ्जली दिनुभएकै कारण उहाँ बुधबार अपराध महाशाखामा रवाना लिएर गएसंँगै स्थानीय डाँको छोडेर रोएका थिए । राठौर जस्ता केही प्रहरी अधिकृत मात्रै भए संगठन आशा लाग्दो किरण झैँ चम्किरहन्थ्यो । राठौर नेपाल प्रहरीको एउटा सक्षम र आशा लाग्दा भविष्यका उज्ज्वल प्रतिक हुन् ।
 
गुण्डा पालेर समृद्धि आउँदैन : एसपी राठौर ।
चितवनमा विगतमा राजनीतिको आडमा गुण्डागर्दी मौलाएको प्रष्टै हुन्थयो । गुण्डाहरुको दैनिकजसो हुने झडपका कारण यहाँको जनजीवन त्रसित पनि बन्यो । तर, उहाँले चितवनको नेतृत्व पाउनु भएपछि जिल्लामा चिल्लीबिल्ली भएको छ । उहाँ भन्नुहुन्छ : ‘तपाईं यो मान्नुस् राजनीतिक दलले संरक्षण नदिने हो भने, कुनै पनि गुण्डाको दाल गल्दैन ।’
 
चितवनमा आएदेखि नै एसपी राठौरले गुण्डाहरुको विवरण लिएर उनीहरुलाई तारेख लगाउने देखि मानसिक तनाव दिनेसम्मको काम प्रहरीले गरिरहेको थियो । जिल्लाका दुई डिएसपी र प्रहरी अधिकृतहरुले गुण्डाहरुलाई पालैपालो फोन गरेर हालखबर सोध्ने गरेका थिए । ‘यो एक प्रकारको मानसिक थ्रेट हो, प्रहरीले हामीलाई वाच गरिरहेको छ, गलत काम गर्न हुन्न भन्ने उनीहरुले बुझ्छन्,’ एसपी राठौरले भन्नुभयो, ‘कतै छिस्रिक्क गरे ल्याएर भित्र कोचिदिन्थे, हिजो आज धेरैजसो गुण्डाहरु तह लागिसके ।’ चितवनका राजनीतिक दलहरु पनि गुण्डाहरुबाट आजित बनेको पाएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो: गुण्डालाई संरक्षण दिएर कहाँ समृद्धि आउँछ र ? भन्दै प्रति प्रश्न समेत गर्नुभयो ।
 
गुण्डागर्दी नियन्त्रण गर्नु मेरो कर्तव्य थियो : एसपी राठौर । 
चितवनको प्रहरी प्रमुखका रुपमा सरुवा भएर आएका प्रहरी उपरीक्षक सुशील सिंह राठौरले गुण्डागर्दी नियन्त्रण गर्नु आफ्नो प्राथमिकता भएको बताउनुभयो । अपराध नियन्त्रण तथा अनुसन्धान र शान्ति सुरक्षा तथा अमन चैंन कायम गर्नु प्रहरीको मुख्य दायित्व भएकोले ऐन तथा नियमलाई पूर्ण रुपमा कार्यान्वयन गर्दै गुण्डागर्दी नियन्त्रणमा प्राथमिकता दिने राठौरले बताउनुभएको थियो । उहाँले चितवनमा आएर फ्याउरे गुण्डा, टोले गुण्डा, व्यावसायिक रुपमा लागेका गुण्डा, संरक्षित गुण्डा र राजनीतिक गुण्डा गरी गुण्डाहरुको वर्गिकरण गर्नुभयो ।
 
विगतमा भएका अपराधिक क्रियाकलापमा संलग्नको रेकर्ड हेरेर उनीहरुले गलत काम गरेको भेटाए तत्काल कारबाही गर्ने गरी टिम तयार गर्नुभयो । अवैध रुपमा राखिएका साना हातहतियार, विष्फोटक पदार्थहरु नियन्त्रणको लागि विशेष टोली निर्माण गर्दै मावन बेचबिखन र यौन व्यवसाय नियन्त्रणलाई समेत प्राथमिकतामा राखेर काम गर्नु भएको थियो । घरेलु मदिराका कारण महिला हिंसा बढेकोले यसको नियन्त्रण, प्रतिबन्धित लागु औषध नियन्त्रण, फरार अभियुक्त पक्राउको लागि सबैसँग मिलेर काम गर्नुभयो । समाजमा हुने झैंझगडा, घरेलुु मदिराको बिक्रीवितरण, गुण्डागर्दी, तस्करी, हत्याहिंसा, जुवातास, बेश्याबृती, बेहोस बनाइ लुटपाट गर्ने, एसपी राठौर त्यस्ता पात्र हुन् जसलाई चितवनबासीले इमान्दार प्रहरी अधिकृतका रूपमा मात्रै लिदैनन् कि छोटो समयमै उहाँलेे गर्नुुुभएको लोकप्रिय कार्यले यहाँका नागरिकहरुलाई समेत प्रफुलित बनाएको छ । 
 
बाह्र महिनामा पन्ध्र वटा उल्लेखनीय कार्य, जस्ले जनताको मन प्रफुल्लित बनायो ।
 
१. मृगौला तस्करीमा संलग्न पाँच जना पक्राउ ।
मेडिकल सिटीको रुपमा विकासित हुँदै गइरहेको जिल्लामा तस्करहरुले मृगौला तस्करीको ट्रान्जिटका रुपमा प्रयोग गर्न थालेको नयाँ तथ्य उजागर गर्न एसपी सुशील सिंह राठौर सफल हुनुभएको छ । चितवन भएर भारतमा गई मृर्गौला तस्करी गर्ने गरेको गिरोहलाई प्रहरीले पक्राउ गर्न सफल भएपछि यो तथ्य पत्ता लागेको हो ।
 
चोरीको एक घटनाको विषयमा अनुसन्धान गर्दै जाँदा मृर्गौला तस्करीको गिरोहसम्म आफू पुग्न सफल भएको चितवनका तत्कालीन प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले जानकारी दिनुभयो । नारायणगढ मै मजदुरी गरी बस्ने एक युवकलाई आर्थिक प्रलोभन देखाई मृर्गौला बिक्रीको लागी भारतस्थित नयाँदिल्ली लैजाने गिरोह मध्यका पाँच जनालाइ पक्राउ गरेपछि जिल्लामा मृगौला तस्करी हुने गरेको घट्ना सार्वजनिक हुन पुग्यो । 
 
पक्राउ पर्नेहरुमा नुवाकोट पञ्चकन्या गाउँपालिका–४ बस्ने ४१ वर्षीया हरी परियार भन्ने दुर्गा बहादुर दर्जी, रौतहटको चन्द्रपुर–४ बस्ने ३५ वर्षीया बिक्रम पहरी, मकवानपुर बकैयाँ गाउँपालिका ५ बस्ने २८ वर्षीया प्रकाश तामाङ, मोरङ बयरबन ६ बस्ने ३४ वर्षीया दीपक लिम्बु र रसुवाको उतरगया गाउँपालिका ३ बस्ने २८ वर्षीया विशाल नेपालीहरु छन् । उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गत मुद्दा दर्ता गरी पुर्पक्षका लागी थुनामा पठाएको छ । यस्तो धन्दा चलिरहेको भन्ने कुरा पहिलो पटक पत्ता लगाउन चितवन प्रहरी सफल भएको हो । 
 
२. अवैध कल बाइपास गर्ने तीन जना पक्राउ । 
जिल्लाको बिभिन्न स्थानहरुबाट अन्तर्राष्ट्रिय आगमन कल बाइपास गर्ने गिरोहलाई पक्राउ गर्न समेत एसपी सुशील सिंह राठौर सफल हुनुभएको छ । गैरकानुनी उपकरणहरु राखी कलबाइपास गर्ने काम भइरहेको भन्ने गोप्य सूचनाको आधारमा केन्द्रिय अनुसन्धान व्यूरो र चितवन जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको संयुक्त टोलीले घट्नामा संलग्न व्यक्तिहरुको खोजतलास गर्ने क्रममा तीन जना व्यक्ति पक्राउ परेका हुन् ।
 
पक्राउ पर्नेहरुमा चितवनको भरतपुर महानगरपालिका वर्डा नम्बर २२ बस्ने २२ वर्षीया सुनिल अधिकारी, रुपन्देहीको तिलोत्तमा नगरपालिका वर्डा नम्बर ११ बस्ने ३१ वर्षीया विजय गुरुङ र सोही स्थानमा ३२ वर्षीया मिन प्रसाद रिजाल लगायत छन् । उनीहरुले भरतपुर महानगरपालिका १० रिजालचोक नजिकमा रहेको नारायण पौडेलको घरमा कोठा भाडामा लिई अन्तर्राष्ट्रिय आगमन कल बाईपास सञ्चालन गर्दै आएका थिए ।
 
३. ढुंगा, गिट्टी तस्करीमा संलग्न ११ ट्याक्टर नियन्त्रणमा ।
गत, भदौ २० गते पूर्वी चितवनको कयर खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खननमा संलग्न रहेका ८ वटा ट्याक्टर र गत, भदौ १८ गते मध्यरात त्रिशुली किनारबाट अवैध रुपमा ढुंगा गिट्टी बालुवा तस्करी गरिरहेको अवस्थामा एक जेसिवीसहित ३ ट्याक्टर लाई प्रहरीले नियन्त्रणमा लियो ।
 
ढुंगा, गिट्टी, बालुवाको उत्खनन् र तस्करीमा जिल्ला उच्च सरकारी अधिकारी र प्रहरी समेतको सेटिङ हुने चर्चा विगतका दिनहरुमा हुँदै आएको थियो । त्यसैले पछिल्लो समयमा ढुंगा, गिट्टी, बालुवा तस्करीमा प्रहरीले सक्रियता बढाएको छ । अवैध रुपमा हुने यस्ता धन्दाहरुलाई नियन्त्रणमा लिन प्रहरी सफल देखिएको छ । प्रहरीले दुःख गरेर समातेर ल्याएका कयौं तस्करहरुलाई सस्तो जरीवाना तिराएर छाड्ने गरिएको छ । जिल्ला समन्वय समितिले अधिकतम दुई लाखसम्म जरिवाना गर्न पाउने व्यवस्था भएपनि न्यून जरिवाना तिराएर छाड्दा तस्करहरुलाई नै बल पुगेको एसपी राठौर बताउनुहुन्छ ।
४. साँढे दुई केजी सुनसहित मानिस पक्राउ ।
गएको भदौ १९ गते २ केजी ७६ ग्राम सुन र ४ केजी ६१७ ग्राम चाँदीसहित चितवनको नारायणगढ बजार बाट न्यू गणेश सुनचाँदी पसलमा लुकाएर राखिएको सुनचाँदी र नगद १२ लाख रुपैयाँ बरामद गर्न एसपी सुशीलसिंह राठौर सफल हुनुभयो । भरतपुर महानगरपालिका–१ पुतलीबजारमा डेरा गरी बस्दै आएका २७ वर्षीय राजेन्द्र शिवाजी पाटिललाई प्रहरीले नियन्त्रणमा लियो । उनीबाट बरामद गरिएको सुनचाँदीको अनुमानित मूल्य एक करोड बराबर छ । सो, सुन र चाँदी तिब्बतसँग नाका जोडिएको रसुवा बाट अवैध रुपमा भित्र्याईएको थियो । नारायणगढ बजारका सुन पसलमा अवैध रुपमा ल्याइएका सुनको कारोबार हुने गरेको तथ्य प्रहरीले फेला पार्न सफल बनेको छ । सुन तस्करीको बजारका रुपमा समेत नारायणगढ विस्तारै विकास हुन थालेको यसबाट देखिन्छ । अहिलेसम्म प्रहरीले सुन तस्करीको यो तथ्य पत्ता लगाउन सकेको थिएन ।
 
५. यौनधन्दा पुर्ण रूपमा निस्तेज ।
चितवनका प्रहरी प्रमुख एसपी सुशील सिंह राठौर जिल्लामा आउनु भएलगत्तै उहाँले सञ्चालनमा ल्याउनुभएको ‘थ्री एस अप्रेसन’ अन्तर्गत यौन धन्दामा सक्रिय ५० जनाभन्दा बढी जोडीहरुलाइ पक्राउ गरेको छ । जिल्लामा आएपछि भण्डारा चितवनमा रहेको ए वान कटेजमा छापा हानेर १९ जना पुरुष र ८ जना महिला र पछि अन्य भरतपुर नारायणगढबाट यौनजन्य गतिविधिमा संलग्न रहेको आरोपमा जोडीहरु पक्राउ परेका हुन् । होटलमा यौनधन्दा चलाउन सहयोग गर्ने चार होटलका सञ्चालकहरुलाई पनि प्रहरीले पक्राउ गरी कारबाही गरेको छ । 
 
प्रहरी अनुसन्धामा विगत १० वर्ष अघिदेखि आजसम्म पक्राउ परेका मानिसहरुको पृष्ठभूमि हेर्दा होटल तथा रेस्टुरेन्ट व्यवसायी, सर्वसाधारण, ट्याक्सी चालक, सामान्य मजदुरी गर्नेदेखि पेसा व्यवसायी, सेलिब्रेटी स्वयं यौनकर्मी यौन व्यवसायमा संलग्नमा रहेका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनको तथ्यांकलाई हेर्दा नारायणगढको पुलचोक, पोखरा बसपार्क र केन्द्रीय बसपार्कका होटलहरुमा बढी यौनधन्दा हुने गरेका छन् । उनी चितवनको प्रहरी प्रमुख भएर एक बर्ष चितवन बसे यता जिल्लामा देहब्यापार कहिँ कत्तै भएको छैनन् ।
 
६. अघि अघि चोर, पछि पछि प्रहरी । 
कहिँ नभएको जात्रा हाडींं गाउँमा भनेझैं एसपी राठौर जिल्लामा सरुवा भएर आएपछि यहाँ भिआइपी चोरहरु समेत सक्रिय रह्यो । लिपिस्टिक पाउडर बोक्ने ब्यागमा चोर्ने हतियार चितवनमा चोरीका घटना बढेका हुन् । चोर अघिअघि प्रहरी पछिपछि जस्तो देखिन्थ्यो । चितवनमा एकै प्रकृतिका सामान चोरी गर्ने गिरोह सक्रिय हुन थालेका छन् । सुरुमा जे चोर्यो, त्यही प्रकृतिका सामान चोरीलाई निरन्तरता दिने गरेको पाइएको छ ।
 
चोरीमा पनि विशिष्टीकरणको अवस्था पाइयो, एक जना पक्राउ परेपछि धेरै घटनामा संलग्न भएको देखियो, प्रविधिको प्रयोग पनि चोरीमा गरेको देखिन्छ,’ एसपी राठौरले भन्नुहुन्छ :- ‘सुन, ब्राण्डेड रक्सी, मोबाइल – घडी, सहकारी जस्ता चोरी गर्ने समूहले प्रविधिको पनि प्रयोग गरेका छन् ।’
 
घरघरमा गएर सुन चोरी गर्नेमा एक भीआईपी महिला नै सक्रिय थिइन् । गैंडाकोटमा होटल व्यवसाय गरेर बसेकी सरिता भनिने शोभा विकलाई प्रहरीले पक्राउ गर्यो । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ स्थायी घर भएकी ति शोभा रेष्टुरेन्ट सञ्चालक समेत हुन् । उनीसहित सुन खरिद गर्ने २ जना र बिक्री गर्ने १ जना पक्राउ परे । शोभाले विभिन्न घरबाट विभिन्न समयमा ५९ तोला सुन र १९ तोला चाँदी गरी करिब ४० लाखभन्दा बढीको सुनचाँदी चोरेको देखिएको छ । उनले दिउँसै घरमा ताला फुटाएर सुन, चाँदी र नगद मात्रै चोर्ने गर्दै आएकी थिइन् । उहाँ भन्नुहुन्छ , ती महिलालाई बाहिरबाट हेर्दा कसैले चोर भन्दैन, चिटिक्क परेर हिँड्ने, हेर्दा पनि भीआईपी जस्तो देखिन्छिन् तर धन्दा यस्तो रहेछ । लिपिष्टिक र पाउडर बोक्ने ब्यागमा चोर्ने हतियार भेटिए ।’
 
त्यस्तै, मदिरा पसल फोरी छानीछानी महँगो प्रकारका मात्रै रक्सीहरु चोरी गर्ने व्यक्ति हुन्, जिल्ला धादिङ, ज्वालामुखी गाउँपालिका वर्डा नम्बर २ घर भई हाल नवलपुर गैँडाकोटमा डेरा गरी बस्ने वर्ष २३ को विवेश परियार । परियारमाथि गत साउन ३० गते राती भरतपुर महानगरपालिका ७, कृष्णपुर क्यान्सर अस्पताल नजिक रहेको एक मदिरा पसलमा चोरी भएको आरोप लागेको छ । नेपाली बजारमा महँगा र राम्रा मानिने डबल ब्ल्याक लेभल, ब्ल्याक लेभल, रेड लेभल, ब्ल्याक ओल्ड दरबार, सिग्नेचरजस्ता नेपाली बजारमा बिक्री हुने महँगा रक्सी चोरी गरेको आरोप उनीमाथि लागेको हो । रक्सी चोर आरोपित बिवश परियारको साथबाट प्रहरीले डबल ब्ल्याक लेभल २ फुल, ब्ल्याक लेभल २ फुल, रेड लेभल १ बोतल, ब्ल्याक ओल्ड दरबार ६ फुल, सिग्नेचर ६ फुल र ८८४८ रक्सी १२ फुल बोतलसहित फेला परेको छ ।
 
प्रहरीका अनुसार चोरले झन्डै २ लाख मूल्यबराबरको चोरी गरेका रहेछन् । महँगा रक्सीहरु चोरेर उनीहरुले अन्यत्र बेच्ने गरेको प्रहरीले जनाएको छ । पसल सञ्चालक रामबाबु रेग्मीले सिसी क्यामेराको सहायताले चोरलाइ आफैँले चिनेर प्रहरीसँगको समन्वयमा पक्राउ गराउन सफल भएका हुन् । 
 
७. चोरी चितवनमा, पक्राउ भारतमा । 
गत, असार ९ गते नारायणगढस्थित सुमित पौडेलको मोबाईल पसलमा चोरी गर्ने सबै अभियुक्तहरूलाई भारतीय प्रहरीको सहयोगमा महिना दिन नबित्दै पक्राउ गर्‍यो । नारायणगढमा मोबाइल र घडी चोरी, खैरहनीमा ल्यापटप पसल चोरी र एक निजी घर पनि चोरी भएपछि प्रहरी उक्त गिरोहलाई पक्राउ गर्न सफल भयो । नारायणगढमा रहेको सुमित पौडेलको मोबाईल पसलमा असार ९ पौडेलेको पसल चोरी भएको थियो । बिहान ८ बजे पौडेल पसल खोल्दा पसल चोरी भएको थाहा पाएलगत्तै उनले तत्कालै जिल्ला प्रहरी कार्यालय चितवन जानकारी गराएका थिए । 
 
सिसीटिभी फुटेज हेरेपछि प्रहरीले अनुसन्धान थालेको थियो । अन्ततः चोरी भएको सामानसहित भारतीय प्रहरीले चोरलाई पक्रन सफल हुन्छ त्यसपछि चोर पक्राउ परेपछि उद्योग वाणिज्य संघ–चितवनका निवर्तमान वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ, पसल सञ्चालक सुमित पौडेल र चितवन प्रहरीका प्रतिनिधि सहित उनीहरु झारखड प्रहरी थाना पुग्छन् । आफ्नो चोरी भएको आफ्नो सामानको पहिचान गरेका थिए ।
 
घट्ना लगत्तै चितवन प्रहरीले देखाएको सक्रियता तथा भारतीय प्रहरीसँग समन्वयपछि चोर र सामान सहित प्रहरी पक्राउ गर्न सफल भएको थियो । प्रहरीले चोरी गरेको १४ सय पिस घडी र ३० पिस मोबाइल हराएकोमा चोरका साथबाट ३ सय २० पिस घडी र २१ पिस मोबाइल भारतीय प्रहरीले बरामद गर्‍यो । चोरी भएपछि पसल सञ्चालक पौडेल आफैँले भारत मोतिहारी जिल्लाका ढाका अदालतमा मुद्दा दर्ता गराएका छन् ।
 
८. थ्री एस (सर्च, स्वीप, स्क्रीन) अप्रेसन प्रभावकारी ।
चितवन प्रहरीका प्रमुख सुशील सिंह राठौरले आफ्नु कार्यकालमा घरेलु मदिरा नष्ट तथा सामाजिक विकृति न्यूनीकरण अभियानलाई तीव्रता दिनुभयो । चितवन प्रहरीको अवधारणाअनुसार यो अभियान अन्तर्गत समाजमा प्रत्यक्ष प्रभाव पार्ने अपराधसँग सम्बन्धित लागूऔषध दुव्र्यसनी तथा ओसारपोसार, अवैध घरेलु मदिरा बिक्रीवितरण तथा सेवन,जुवातास, क्यारेमबोर्ड, पोटजस्ता अन्य सामाजिक विकृतिका कार्य न्यूनीकरण गर्न उहाँले ‘थ्री एस अप्रेसन’ सञ्चालन गर्नुभएको थियो । यो अभियानका लागि जिल्ला प्रहरी कार्यालयमातहत कार्यालयलाई खटाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुशील सिंह राठौर चितवन प्रहरी प्रमुखमा नियुक्त भएपछि यो अभियान सञ्चालन गरिएको हो । यो अभियान विशेषतः लागूऔषध लक्षित गरी सञ्चालन गरिएको थियो ।
 
९. बेहोस बनाइ लुटपाट गर्ने दुई जना पक्राउ ।
बेहोस बनाइ लुटपाट गर्ने दुई जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका वर्डा नम्बर २ घर भई हाल तनहुँ जिल्ला देवघाटमा डेरा गरी बस्ने बर्ष ४९ को हरी गोले र कास्की माछापुच्छ्रे गाउँपालिका वर्डा नम्बर ६ बस्ने वर्ष ५६ को गोपाल भन्ने कालु परियार रहेका छन् ।
 
पक्राउ परेकाहरुले गत शुक्रबार राती चितवनको माडी नगरपालिका वडा नं.६ कल्याणपुर वडा कार्यालय नजिक नामथर वतन नखुलेका पहाडे मुलका एक महिला र एक पुरुषलाइ दिनभरी नै गाउँमा अमिलो बेच्ने बहानामा लुट्न लगाएका थिए । माडीमा रातको समयमा स्थानीय भीमबहादुर सुनारको घरमा गई बास मागी निजकी आमा मायाँकुमारी सुनार र श्रीमती अनिशा सुनार तथा निजकै वर्ष ४ की छोरीसहित सब परिवारलाई पेय पदार्थ आँपको जुसमा बेहोस हुने औषधी मिसाइ खुवाएर बेहोस पश्चात घरमा रहेको करिब १५ तोला सुनका गरगहना, दुई थान मोबाइल सेट लुटेर उक्त स्थानबाट भागी फरार भएका थिए ।लगत्तै इलाका प्रहरी कार्यालय माडीले तत्कालै जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएपछि तत्काल अनुसन्धानको लागि प्रहरी निरीक्षक युवराज तिमल्सिनाको कमाण्डमा विशेष अनुसन्धान टोली गठन गरी विस्तृत अनुसन्धान अगाडि बढाइएको थियो । उनीहरुलाई ज्यान मार्ने उद्योग र चोरी कसुर अन्तर्गत कानुनी कारबाही अगाडि बढाइएको चितवनका एसपी सुशील सिंह राठौरले बताउनुभएको छ । यता, एसपी राठौरले आफुले कार्यभार सम्हालेपछि जिल्ला मै यो पहिलो पटक घट्ना भएको बताउनुभयो ।
 
१०. घुस दिन खोज्ने पौडेल समातिए । 
चितवनको प्रहरी प्रमुख एसपी राठौरलाइ जुवातास खेलाउन सहयोग गरिदिन भन्दै एक लाख रुपैयाँ लिएर उहाँको कार्यकक्षमा पुगेका चितवन भरतपुर महानगरपालिकाका बर्ष ४१ को बोध बहादुर पौडेललाई पक्राउ गरेर कार्वाही प्रक्रियालाई अगाडि बढाएको छ । 
 
घुस भनेपछि आक्रमक हुने एसपी राठौरलाई पौडेलले जुवा खेलाउन दिए हप्ताको एक लाख रुपैयाँ दिनेसम्म बताएका रहेछन् । तर, राठौरले आफ्नु जिद्दी छोड्नु भएनन् , अड्डि कस्नुभयो र भन्नुभयो : घुस लिने र दिने दुबै अपराधी हुन् अनि उनलाई प्रलोभनमा पार्ने भन्दै मुद्दा दर्ता गरी कार्वाही प्रक्रियालाई अघि नै बढाउनु भयो ।
 
उहाँलेे जिल्लामा शान्तिसुरक्षामा कुनै कमी आउन नदिन साथै, पुराना घुमुवा समेतलाइ हटाइ नयाँ घुमुवा परिचालन गर्दै मातहतलाइ समेत आर्थिक कलेक्सनमा नलाग्न , आफ्नु युनिटहरुको बारम्बार निगरानी गर्न / गराउन साथै जनताको सिकायत आउन नदिन बारम्बार बिफ्रीङ्ग र निर्देशन दिने काम समेत हुँदै आएको थियो ।
 
११. भरुवा बन्दुक सहित तीन जना पक्राउ ।
भरतपुर महानगरपालिका वडा नम्बर २९ को ईन्द्रेणी सामुदायिक वनमा तीन जनाको समूह अवैधरुपमा भरुवा बन्दुक बोकी जंगलमा शिकार खेल्न जाँदा आफैं बन्दुक पड्किएर चितवनमा सुकबहादुर चेपाङ घाइते भएका छन् । उनको खुट्टाको घुँडा पछाडी छर्रा लागेको छ । ६ वटा छर्रा लागेको चेपाङको चितवन मेडिकल कलेजमा उपचार हुन नसकेपछि शिक्षण अस्पताल महाराजगन्ज काठमाण्डौं लगिएको छ । 
 
उक्त घट्नामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका तत्कालीन प्रहरी प्रमुख सुशील सिंह राठौरका अनुसार यसरी पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका २९ का सोमबहादुर गुरुङ, ऐ. ऐ. बस्ने सूर्य चेपाङ र सुकबहादुर चेपाङ रहेका छन् ।
 
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी सहायक निरीक्षक सिताराम खतिवडा र प्रहरी चौकी जेगेडीबाट प्रहरी सहायक निरीक्षक सुनील थापाको टोलीले पक्राउ गर्न सफल भएको हो । घटनामा संलग्न तीनै जना विरुद्ध थप अनुसन्धान गरी म्याद थपका लागि आजै चितवन जिल्ला अदालत लैजाने तयारी भइरहेको एसपी राठौर बताउनुहुन्छ । घटनामा संलग्न व्यक्तिलाई मुलुकी अपराध संहिता २०७४ को दफा एक सय २९ को उपदफा २ अनुसार १० वर्षसम्म कैद र एक लाख रुपैयाँ जरीवाना हुन सक्ने प्रावधान छ ।
 
१२. चार्डपर्वमा चितवन शान्तिपूर्ण, ८ सय २२ सवारी कार्वाहीमा ।
दशैको अवधिमा चितवनमा ८ सय २२ सवारी कार्वाही र झन्डै ६ लाख ३८ हजार रुपैयाँ राजस्व समेत संकलन भएको छ । ट्राफिक प्रहरीले ७ सय ७९ जना कार्वाही गरेकोमा जिल्ला प्रहरी कार्यालयले ४३ जना लाई कारबाही समेत गरेको छ । सवारीचालकलाई गरेको कारबाहीबाट ६ सीट क्षमताभन्दा बढी यात्रु राख्ने ५७ सवारी कारबाहीबाट ५७ हजार, बढी भाडा लिने ८७ सवारीबाट १ लाख ३० हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको हो । यस्तै, मादक पदार्थ सेवन (मापसे)गरी सवारी चलाउने ४० जनाबाट ४० हजार रुपैयाँ जरिवाना समेत संकलन भएको छ । ट्राफिक नियम पालना नगर्ने ५ सय ९५ जनाबाट ४ लाख १० हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ ।
 
उता, दीपावली र छठको अवसरमा बिस्फोटजन्य पदार्थ पटका नपड्काउन पटका पड्काउने २१ जनालाई नियन्त्रणमा लिएर कार्वाही प्रक्रियालाई अगाडी बढाएको बताउनुभएको छ । तीन नम्बर प्रदेश प्रहरी कार्यालय मकवानपुरले पटका नियन्त्रण र शान्तिसुरक्षामा समेत कडाई गरेकै कारण तराइ क्षेत्रबाट जिल्लामा पट्का भित्रीन पाएको थिएनन् ।
 
प्रहरीले घट्ना घटेको पाँच देखी १० मिनेट भित्रै प्रहरी घट्नास्थलतर्फ प्रस्थान हुने गरी मोबाईल गाडी तयार पारिएको र सोही अनुसारको सुरक्षा समेत दिइरहेको बताउनुहुँदै पट्का भित्र्ने सक्ने भयलाइ मध्ययनजर गर्दै जिल्ला भित्रीने र बाहिरीने मुख्य नाकाहरुमा प्रहरी र ट्राफिकको चेक प्वाइन्ट समेत खडा गरिएको थियो । लोथर, पुलचोक, गोन्द्राङ, मुग्लिङ्ग र रामनगरमा गरी ५ ठाउंँमा चेक प्वाइन्ट राखिएको प्रहरीले चार्डपर्वलाइ मध्ययनजर गर्दै चितवन प्रहरीले जिल्लाको सुरक्षा ब्याबस्था चुस्त बनाएका थिए । 
 
१३. लागूऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा मानिसहरू पक्राउ ।
चितवन प्रहरीबाट प्राप्त तथ्यांक अनुसार लागूऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा सबैभन्दा वढी आर्थिक वर्ष ०७२/७३ मा एक सय २० जना मानिस  पक्राउ परेका छन् । सो अवधिमा प्रहरीले ७१ वटा मुद्दा दर्ता गराएकोमा चार जना मानिस अझै फरार रहेको र उनीहरुको खोजीकार्यमा प्रहरीले कडाइका साथ अघि बढाएको तत्कालीन जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशील सिंह राठौरले बताउनुहुन्छ ।
 
आ.व. २०७३/७४ मा ठूलो परिणामको लागू औषध सहित ९३ जना पक्राउ परेको तथ्याङ्कमा उल्लेख छ । उनका अनुसार लागू औषध सम्बन्धी ५२ वटा मुद्दामा एक सय नौ जना विरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा परेको थियो । ९३ जनालाई पक्राउ गरिएको र १६ जना फरार सूचीमा रहेको उहाँले बताउनुभयो । गत, आव ०७४/७५ मा चितवनमा अदालमा ६२ वटा लागू औषध सम्बन्धी मुद्दामा ९६ जना विरुद्ध मात्रै उजुरी दिएपनि ९० जना मात्रै पक्राउ परेको र पक्राउ विरुद्ध लागुऔषध मुद्दा कार्वाही प्रक्रियालाई अगाडि बढाइएको राठौरले बताउनुभयो । 
पछिल्लो तीन वटा आर्थिक वर्षमा प्रहरीले लागू औषध सम्बन्धी एक सय ८५ वटा मुद्दामा तीन सय २९ जना विरुद्ध मुद्दा दायर गरेको थियो । सबै मुद्दाको फैसला हुँदा प्रहरीले तीन सय तीन जना अभियुक्तलाई मात्रै पक्राउ गर्न सफल भएको छ भने २६ जना अभियुक्त अझै फरार रहेका छन् । लागूऔषध ओसारपसारमा संलग्न अभियुक्तलाई पक्राउ गर्न चितवन प्रहरी आक्रमक रूपमा लागिपरेको छ । जिल्लामा लागू औषध ओसारपसार हुने गरेको घट्ना बाहिरिए पछि टोली नै बनाइ खटिएको प्रहरीको बिशेष टोलीले बितेको तीन महिना १३ दिनमै ३५ जनालाई पक्राउ गर्न सफल भयो । ठूलो मात्रामा लागु औषध तथा सवारीसाधन बरामद प्रहरीले सुरक्षा चेकजाँचका क्रममा पक्राउ परेका व्यक्तिहरुबाट ठूलो मात्रामा लागूऔषध तथा सवारीसाधन समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरी उपरीक्षक सुशील सिंह राठौरका अनुसार आर्थिक वर्ष २०७२/७३ मा एक सय १० किलो गाँजा सहित १४ लिटर कोरेक्स तथा अन्य लागु पदार्थहरु बरामद गरेको थियो । यस अवधिमा डाइजेपाम एक हजार एक सय ४० एम्पुल, व्युप्रिनोर्फिन एक हजार एक सय १७ एम्पुल, फेनारगन एक हजार एक सय ४० एम्पुल, नाइट्राजेपाम दुई हजार १० ट्याब्लेट, क्लोनाजेपाम सात सय ७० ट्याब्लेट, खैरो हिरोइन सात ग्राम सहित अन्य लागु औषधहरु प्रहरीले बरामद गरेको हो ।
 
आ.व. ०७३/७४ ठूलो परिमाणमा लागुऔषध सहित विभिन्न भारतीय तथा नेपाली गाडीहरु समेत बरामद गरेको थियो । प्रहरीले यस अवधिमा पाँच सय ७३ किलो चरेस, २६ किलो गाजा, ८४ ग्राम खैरो हिरोइन, डाइजेपाम एक हजार एक सय ७५ एम्पुल, व्युप्रिनोर्फिन एक हजार एकसय ५० एम्पुल, फेनारगन एक हजार एक सय ३७ एम्पुल, नाइट्राजेपाम चार सय २३ ट्याब्लेट सहित अन्य लागुऔषध समेत बरामद गरेको थियो । दुई वटा ट्रक, दुई वटा भारतीय नम्बर प्लेटको टाटा सुमो र तीन वटा मोटरसाइकल समेत बरामद गरेको थियो । 
 
आ.व. ०७४/७५ मा दुई सय ७२ किलो गाँजा सहित अन्य लागुऔषध र सवारीसाधन समेत बरामद गरेको छ । प्रहरीले खैरो हिरोइन ४५ ग्राम, नाइट्राजेपाम दुई हजार नौ सय ८४ ट्याब्लेट, व्युप्रिनोर्फिन नौ सय चार एम्पुल, फेनारगन नौ सय २३ एम्पुल, डाइजेपाम आठ सय ९९ एम्पुल, फेन्डिसिल आठ सय एमएल तथा अर्नेक्स तीन सय एमएल बरामद गरेको थियो । पक्राउ परेका मानिससँगै उनीहरुले लागु औषध ओसारपसार गर्न प्रयोग गरेका दुई वटा मोटरसाइकल, एउटा भारतीय नम्बर प्लेटको महिन्द्र बोलेरो गाडी तथा दुई वटा अटो रिक्सा समेत प्रहरीले बरामद गर्न सफल भएको प्रहरीले जनाएको छ । उता, बितेको २०७५ जेठ एक गतेदेखि २०७६ जेठ १५ गतेसम्म आइपुग्दा बितेको एक बर्षको अवधिमा उहाँकै कार्यकालमा झन्डै १२९ जना लागू औषध कारोबारी पक्राउ परेका थिए ।
 
१४. चितवनबाट दुई सय प्रहरी लखटिए ।
उहाँको कार्यकालमा जिल्लामा एकछत्र राज गर्ने दुई सय प्रहरी कर्मचारीलाई जिल्लाबाटै लख्ट्नु भएको छ । धेरै नै बदनाम रहेका र विगत दस वर्षदेखि विभिन्न बहानामा पहुँच र प्रभावका आधारमा जिल्लामा रहेका प्रहरीको उहाँले सरुवा गर्नुभएको हो । उहाँ भन्नुहुन्छ : मलाई असक्ष्म र बिवादित प्रहरी चाहिदैन । त्यसैले, उनीहरु सबैलाई मैले विभागीय नीतिअनुरुप सम्बन्धित दरबन्दीमा रवाना गरी पठाइएको हुँ । पुराना कर्मचारीलाई हटाइ नयाँ कर्मचारी ल्याउँदा सुरुसुरूमा केही समस्या आएपनि अन्ततः यसले संगठनमा राम्रो प्रभाव पार्ने उहाँको बुझाइ थियो ।  
 
जिल्लाबाट लखटिनेमा भनसुन गरी जिल्लामा अड्डा जमाएका जुनियर प्रहरी अधिकृतसम्म रहेका छन् । एसपी राठौरले यसपटक पनि केन्द्रबाट धेरैको भनसुन आएपनि कसैको कुरा नसुनी, नियमसंगत रूपमा नै कर्मचारीको सरूवा गरिएको बताउनुभयो ।’ झन्डै दस वर्षदेखि भनसुनका भरमा जिल्लामा जरा गाँडेर बसेकाहरुलाइ हटाउन उहाँलेे आफैंबाट सुरुवात गर्नुभयो । मेरो भान्से र बडीगार्ड समेत सरूवा भएका छन्’, ‘आफ्नै मातहत रहेकाहरु सरूवा गरेपछि अरु व्यक्तिको सरूवा गर्न कुनै समस्या नै भएन नि ।’ उहाँ भन्नुहुन्छ : बिवादित र असक्ष्म कर्मचारी मलाई चाहिंदै चाहिदैन । संगठन बिपरित जस्ले काम गर्छ, त्यसलाई अन द स्पोर्ट् कार्वाही गर्छु । उनीहरुका कारण सिंगो संगठन नै बदनाम भएकोतर्फ जानकार हुनुपर्छ ।
 
प्रहरीको छवि बढाउने ७ जनालाइ मैले पुरस्कृत समेत गरेको छु भने, प्रहरीको छवि गिराउने १४ जनालाई कार्वाही समेत गरेको स्मरण गराउनु हुँदै आफ्नु कार्यकाल अवधिभर बिवादित रहेका कर्मचारीलाई लखट्ने र इमान्दार कर्मचारीलाई पुरस्कृत गर्दै संगठन बिपरित गतिविधि गर्नेलाइ बिभागीय कार्वाहीको साथै जिल्लाको सुरक्षा ब्याबस्थालाइ चुस्तदुरुस्त बनाइ जनमानसमा सिकायतको एक मौका पनि नदिएको जिकिर गर्नुभयो । प्रहरीको कार्यशैलीविपरीत काम गर्नेलाई स्पष्टीकरण सोध्ने, काज खटाउने, सचेत गराउने, नसिहेत दिने, ग्रेड घटुवा, पदोन्नति रोक्का, निलम्बन र अन्तिम चरणमा बर्खास्तसम्म गर्न सकिने प्रहरी नियमावलीमा उल्लेख छ ।
 
१५. सत्तापक्षका विद्यार्थी नेतालाई समेत छाडेनन् ।
चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका कृषि संकायका सहायक डिन प्रा. विष्णुराज ओझालाई कालोमोसो दल्ने सत्तापक्षका आधा दर्जन विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गर्‍यो । जिल्ला प्रहरी कार्यालय चितवनका तत्कालीन एसपी सुशील सिंह राठौरका अनुसार यसरी पक्राउ पर्नेहरुमा सन्तोष खतिवडा, गोपाल थापा, वामदेव रेग्मी, मिलन चौहान, विभोर गौली र सुशन पौडेल रहेका छन् । प्रा. ओझाले जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी दिएपछि फरार रहेका विद्यार्थीहरुलाई क्याम्पस परिसरबाटै प्रहरीले पक्राउ गरेको एसपी राठौरले जानकारी दिनुभयो ।
 
उहाँले राजनीति पावरमा गुण्डागर्दी गर्दै हिंड्ने कसैलाई नछाड्ने बताउनुभयो । सत्तापक्षका नेता होस् वा अरु कोही नै गलत गर्ने जोकोही फन्दामा परिहाल्ने बताउनुभएको हो । उहाँले जिल्लामा आएपछि गुण्डागर्दी निस्तेज पार्ने अभियानकै क्रममा सत्तापक्षका आधा दर्जन विद्यार्थी नेताहरू नै पक्राउ परेपछि एसपी राठौर कानुन कार्यान्वयन गराउने पक्षमा सदैव अडिग रहेको समेत यस्ले थप स्पष्ट पारेको छ । चितवनमा सत्तापक्षका विद्यार्थी पक्राउ परेको यो पहिलो घट्ना हो ।
 
कानुन कार्यान्वयन गर्ने क्रममा म कसैसँग सौदाबाजी गर्दिनँ, उहाँलेे भन्नुभयो : कानुन भन्दा ठुलो अरु कोही छैनन् । राजनीति पावरमा हिंड्ने केही उच्च पदस्थ ब्यक्तिले नै गुण्डागर्दी गर्नेलाई संरक्षण गर्ने गरेको बताउनु हुँदै एसपी राठौरले आफूलाई राजनीति पावर छ भन्दैमा गुण्डागर्दी गर्दै हिंड्नु भनेको मुर्खता भएको बताउनुभएको छ । साथै, उहाँले कर्तव्यपालनाको सिलसिलामा सत्तापक्षका विद्यार्थी, नेताहरू पक्राउ परेकै भरमा आफ्नु सरुवा हुन्छ भने आफू खुशी खुशी जान तयार रहेको तर, कसैसँग झुक्न भने तयार नभएको स्पष्ट पार्नुभयो । चाकडी र चाप्लुशी गर्न आफूलाई नआउने बताउनु हुँदै एसपी राठौर भन्नुहुन्छ : टोले गुण्डाहरुको म अरिंङ्गगाल हुँँ ।
 
१६. भ्रष्ट एवं बिवादित प्रहरी जिल्ला तानिए । 
लामो समयदेखि भ्रष्ट एवं बिवादित भएका केही प्रहरीलाई समेत उहाँलेे जिल्ला तानेर थन्क्याउनु भयो । यसरी जिल्ला थन्किनेहरुमा ईलाका प्रहरी कार्यालय भण्डाराबाट दुइ जना प्रहरी जवान, ईलाका प्रहरी कार्यालय खैरहनीबाट दुइ जना प्रहरी जवान, ईलाका प्रहरी कार्यालय रत्ननगरबाट एक प्रहरी हवल्दार र असइ लोथर प्रहरी चौकीबाट एक असइ, पदमपुर प्रहरी चौकीबाट एक हवल्दार, वडा प्रहरी कार्यालय नारायणगढबाट दुई प्रहरी जवान, देवघाट प्रहरी चौकी एक जना प्रहरी जवानका साथै, गोन्द्राङ्ग प्रहरी चौकी बाट एक जना असइ जिल्ला थन्किएको र उनीहरुलाई क्युआरटीदेखी कन्ट्रोलसम्म थन्क्याएको प्रहरी स्रोतले बताएको छ । उनीहरुको बिषयमा धेरै नै गुनासो आए पछि गरिएको अप्रेसनका क्रममा केही मात्रामा दोषी भेटिएपछि जिल्ला तानेको एसपी राठौर बताउनुहुन्छ । उहाँका अनुसार हवल्दार उपेन्द्र यादवलाई घुस काण्डमा क्वाटरगार्डमै समेत थुन्नु परेको थियो । भने, एक जना प्रहरी जवानलाई घुमुवाको जिम्मेवारीबाट हटाइएको थियो  । 
 
१७. भन्सार छली ल्याएका लाखौं मूल्य बराबरको कपडा सहित एक ट्रक नियन्त्रणमा ।
चितवनमा एसपी सुशील सिंह राठौरको कार्यकालमा ठूलो परिमाणको भन्सार छली ल्याएका लाखौं मूल्य बराबरको कपडा सहित एक ट्रकलाई चितवनमा पक्राउ गर्न सफल भएका छन् । चितवन प्रहरीको एक टोलीले वीरगञ्जबाट काठमाण्डौंतर्फ जाँदै गरेको ना.३.ख.४३५९ नम्वरको ट्रक सहित भन्सार छलेका र न्यून विजीकरण गरी ल्याइएका लाखौं मुल्य बराबरको कपडाहरु सहित चालकलाई भरतपुरको गोन्द्राङ्गबाट पक्राउ गरिएको हो ।
 
जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशील सिंह राठौरले दिनुभएको जानकारी अनुसार १२ लाख ९८ हजारको न्यून बिजीकरणमा देखिएको उक्त कपडाको मात्रा हेर्दा र त्यसको बजार मुल्यलाई हेर्दा त्यसको १० गुणा हुन आउने बताउनुभयो । नियन्त्रणमा लिइएको उक्त ट्रकमा लोड गरिएको कपडाहरु राजधानीका विभिन्न पसलहरुको नाममा ल्याइएको फेला एसपी राठौरले जानकारी दिनुभयो । बरामद गरिएको ट्रक सहितका समान पुनः भन्सार चलान गर्ने तयारी गरेको छ । 
 
संक्षिप्तमा : 
बितेको एक बर्षको अवधिमा एसपी सुशील सिंह राठौरले चितवन प्रहरी प्रमुखको जिम्मेवारी पाएसंंगै जिल्लामा बढाएको सक्रियताका कारण झन्डै ४ हजार ८१७ जना शंकास्पद एवं अभियुक्तलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरूमध्य प्रहरीले वास्तविक दोषी पहिचान गरी नियमाअनुसार कार्वाही गरियो । उनीहरु मध्य १ हजार २३ जनालाई त मुद्दा नै चलाइयो ।
 जुवा ऐन अन्तर्गत पक्राउ संख्या : १५३ ।
 जवरजस्ती करणीको घट्ना संलग्न : ४४ ।
 गुण्डागर्दीमा संलग्न रहेको आरोपमा : ११७ ।