चितवन उद्योग संघको १९ औं साधारणसभा सम्पन्न


भरतपुर÷चितवन उद्योग संघ १९ औं साधारण सभा एवं गभर्निङ काउन्सिल, पूर्व अध्यक्ष मण्डल, महिला उद्यमी, युवा उद्यमी मञ्चको अधिवेशन सम्पन्न भएको छ । चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीको सभापतित्वमा सम्पन्न कार्यक्रममा माननीय भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा प्रमुख अतिथि रहुनभएको थियो ।
कार्यक्रममा मुख्यमन्त्री एवं भौतिक पूर्वाधार विकास मन्त्रालयका राजनीतिक सल्लाहकार जे.एन.थपलिया, नेपाल घरेलु तथा साना उद्योग महासंघका बरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंह, भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल, जिल्ला समवन्य समितिका प्रमुख कृष्णकुमार डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, नेपाल कम्युनिष्ट पार्टीका जिल्लाका प्रतिनिधि तेजेन्द्र खड्का, नेपाली काँग्रेसका कार्यवाहक जिल्ला सभापति भुपतिदास सापकोटा, मकवानपुर उद्योग संघका अध्यक्ष नवराज अर्याल, उद्योग वाणिज्य संघ चितवनका बरिष्ठ उपाध्यक्ष चुनारायण श्रेष्ठ, पोल्ट्री व्यवसायी संघका निवर्तमान अध्यक्ष एवं नेपालका एकमात्र बड्फुलु विशेषज्ञ डा.होमबहादुर बस्नेतलगायतले बार्षिक साधारणसभाको अवसरमा शुभकामना मन्तव्य राख्नुभएको थियो ।
साधारणसभामा इकाई समितिका संयोजक एवं सदस्यहरु, महिला उद्यमी मञ्चका संयोजक सदस्यहरु, युवा उद्यमी मञ्चका संयोजक एवं सदस्यहरु, गोल्डेन एशोसिएट, प्रिमियम एशोसिएट, एशोसिएट सदस्यहरु, वस्तुगत समितिका अध्यक्ष एवं सदस्यहरु, चितवन उद्योग संघका पदाधिकारी, कार्यसमिति सदस्य एवम् कर्मचारीहरूको उपस्थिति रहेको थियो । चितवन उद्योग संघका उपाध्यक्ष मदन घिमिरेले सञ्चालन गर्नुभएको १९ औं साधारणसभाको समुद्घाटन सत्रलाई चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष राजु पौडेलले शुभकामना मन्तव्य सँगै समापन गर्नुभएको थियोे ।

विधान मस्यौदा, बार्षिक र आर्थिक प्रतिवदेनमाथि छलफल
संयोजकबाट समिति विघटनको घोषणा
भरतपुर÷संघको १९ औं साधारण सभा अन्तर्गत पेश भएका बार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, विधान संशोधन मस्यौदा माथि छलफल गरिएको थियो । अधिवेशनको दोस्रो चरण अन्तर्गत बन्द सत्र कार्यक्रममा उठेका विभिन्न समितिका प्रतिवदेनमाथि छलफल भएको थियो । चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवन उद्योग संघका गर्भनि∙ काउन्सिलका संयोजक तारा प्रसाद पौडेल, चितवन उद्योग संघ पूर्व अध्यक्ष मण्डलका संयोजक हरिप्रसाद सुवेदी, चितवन उद्योग संघ महिला उद्यमी मञ्चका सभापति रीता ढकाल, चितवन उद्योग संघ युवा उद्यमी मञ्चका संयोजक अमर घिमिरेले आ–आफ्नो कार्यकालमा संघ र आफ्नो समितिबीचको सहकार्य, यस अवधिमा भए गरेका मुख्य–मुख्य गतिविधिहरुको बारेमा प्रष्ट पार्नुभएको थियो । सोही अवसरमा सम्बन्धित संयोजकहरुले आफ्नो नेतृत्वमा रहेका समितिहरु विघटन भएको समेत घोषणा गर्नुभएको थियो । सो अवसरमा अध्यक्षको प्रतिवेदन, बिधान संशोधन मस्यौदा, संघको बार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन माथि छलफलसँगै आएका जिज्ञासाहरुलाई सम्बन्धित समितिका संयोजकहरुले समाधान गर्ने कोशिस गर्नुभएको थियो ।
बन्दसत्र कार्यक्रममा चितवन उद्योग संघका निर्वतमान अध्यक्ष भीमबहादुर पाण्डे, बरिष्ठ उपाध्यक्ष राजु पौडेल, घरेलु तथा साना उद्योग माहसंघ महिला उद्यामी समितिका क्षेत्रिय अध्यक्ष तारादेवि काफ्ले, क्षेत्रिय उपाध्यक्ष राशी लामा, संघका पदाधिकारी, कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा चितवन उद्योग संघले दिएको महत्वपूर्ण जिम्मेवारी पूरा गरेको भन्दै गभर्निङ काउन्सिलका संयोजक ताराप्रसाद पौडेल, पूर्व अध्यक्ष मण्डलका संयोजक हरिप्रसाद सुवेदी, महिला उद्यमी मञ्चका संयोजक रिता ढकाल, युवा उद्यमी मञ्चका संयोजक अमर घिमिरेलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा संघको साधारणसभामा सहयोग गर्ने सहयोगी दाताहरुलाई मायाको चिनोले सम्मान समेत गरिएको थियो ।

गभर्निङ काउन्सिलमा हरिप्रसाद सुवेदी, पूर्व कार्य समिति क्लवमा खिमलाल भण्डारी, महिला उद्यमीमा सुधा सुवेदी पौडेल र युवा उद्यमी मञ्चमा अमर घिमिरेको नेतृत्व
भरतपुर÷संघको १९ औं साधारण सभा अन्तर्गत गभर्निङ काउन्सिल, पूर्व अध्यक्ष मण्डल, महिला उद्यमी, युवा उद्यमी मञ्चको अधिवेशन सम्पन्न भएका छन् । निर्वाचन कार्यक्रम अधिवक्ता कमलराज पाठकको अध्यक्षतामा सम्पन्न भएको थियो । निर्वाचन कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी प्रमुख अतिथि रहनुभएको थियो । निर्वाचन कार्यक्रम अन्तर्गत पूर्व अध्यक्ष मण्डलका संयोजकको अनुमतिमा निर्वाचन मण्डलका संयोजकबाट गभर्निङ काउन्सिलको निर्वाचन घोषणा गरिएको थियो । जसको संयोजकमा हरिप्रसाद सुवेदी, सदस्यहरुमा ताराप्रसाद पौडेल, सोमराज मरहट्टा, गुणाकर खरेल रहनुभएको थियो ।
सोही अवसरमा पूर्व कार्यसमिति क्लवको समेत घोषणा गरिएको थियो । जसको संयोजकमा खिमलाल भण्डारी, सदस्यहरुमा केशवनारायण श्रेष्ठ, रामचन्द्र गौतम रहनुभएको छ । त्यस्तै निर्वाचन मण्डलका संयोजकबाट महिला उद्यमी मञ्चको निर्वाचन घोषणा गरिएको थियो । जसको संयोजकमा सुधा सुवेदी पौडेल, सदस्यहरुमा पार्वती कुँबर, अन्जना चालिसे, दक्षिणा गैरे न्यौपाने, सुमित्रा दाहाल, अम्बिका धिताल, कविता श्रेष्ठ, डम्बरकुमारी पोखरेल रहनुभएको थियो । त्यसैगरी निर्वाचन मण्डलका संयोजकबाट युवा उद्यमी मञ्चको निर्वाचन घोषणा गरिएको थियो । जसको संयोजकमा अमर घिमिरे, सदस्यहरुमा मोहनचन्द्र बख्रेल, सुरन्द्र कार्की, सुदिप बगाले, मुक्तिनाथ पोखरेल रहनुभएको थियो । त्यस्तै संघको पूर्व अध्यक्ष मण्डलको संयोजकमा निवर्तमान अध्यक्ष भीमबहादुर पाण्डेलाई चयन गरेको छ ।
कार्यक्रम अन्तर्गत पूर्व अध्यक्ष मण्डलका संयोजक भीमबहादुर पाण्डेलाई निवर्तमान पूर्व अध्यक्ष मण्डलका संयोजक हरिप्रसाद सुवेदी, गभर्निङ काउन्सिलका संयोजक हरिप्रसाद सुवेदीलाई पूर्व अध्यक्ष मण्डलका संयोजक भीमबहादुर पाण्डे, गभर्निङ काउन्सिलका सदस्यहरुलाई गभर्निङ काउन्सिलका संयोजक हरिप्रसाद सुवेदी, महिला÷युवा उद्यमी मञ्च÷पूर्व कार्य समिति क्लवका संयोजक एवं सदस्यहरुलाई चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीबाट सपथ खुवाउनु भएको थियो । कार्यक्रममा विभिन्न समितिहरुको संयोजकमा चयन हुनुभएका संयोजकहरुले प्रतिवद्धता मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा निर्वाचन मण्डलका प्रमुख निर्वाचन अधिकृत जिल्ला अदालत नेपाल वार एशोसिएसनका अध्यक्ष अधिवक्ता कमलराज पाठक, निर्वाचन अधिकृतहरु घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत पवन कट्टेल, चितवन उद्योग संघका कार्यकारी निर्देशक हरिहर भट्टराईलाई निर्वाचनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको थियो । चितवन उद्योग संघका उपाध्यक्ष मदन घिमिरेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमलाई निर्वाचन मण्डलका संयोजक कमलराज पाठकले शुभकामना मन्तव्यसँगै समापन गर्नुभएको थियो ।