नक्कली क्रसर संघ खडा गरी पैसा असुली

ललितपुर/ललितपुरमा नक्कली क्रसर संघ खडा गरी मालबाहक सवारी साधनसँग रकम असुल गरेको रहस्य सार्वजनिक भएको छ । दक्षिण ललितपुर क्रसर व्यवसायी संघ नामको नक्कली संघ खडा गरी व्यवसायीहरुले अवैध गतिविधि संचालन गरेको पीडित व्यवसायीहरुले बताएका छन ।
जिल्लाको गोदावरी नगरपालिका–६, नल्लुखोलाबाट चक्रपथभित्र प्रवेश गर्ने मालबाहक सवारी साधनलाई विभिन्न बहानामा अवैध रुपमा रकम लिएको पीडितहरु बताउ छन ।

संघले बाटो मर्मत तथा जग्गा मुआब्जाका लागि भन्दै खुलेआम रुपमा रकम उठाइएको ट्रिपर चालक बिकास घलानले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । टिका भैरब, टाहाखेल, भैँसेपाटी र नख्खु गरी चार स्थानबाट अवैध रुपमा रकम उठाउने कामलाई तीव्रता दिएको सवारी चालकहरु बताउँछन् ।
गोदावरी नगरपालिकाले ठेक्का लगाई कर उठाउने ती चार स्थानबाट संघको बिल चालकलाई थमाई रकम असुल गर्ने गरेको सवारी चालकहरुले बताएका छन । यो समाचार नेपल समाचारपत्रमा प्रकाशित छ ।