यी हुन् ‘डन’ प्रहरी निरीक्षक, ‘गुण्डा’ले झै तर्साएर गर्छन असुली


काठमाडौं, २५ वैशाख । बारा जिल्लामा ट्राफिक प्रहरीले ट्रकहरूसँग ५० देखि १०० रुपियाँसम्म घुस लिने गरेको रहस्य बाहिर आएको छ ।

पूर्वपश्चिम महेन्द्र राजमार्गको पथलैयामा रहेको ट्राफिक प्रहरीले महेन्द्र राजमार्गमा बिट राखेर सयौँ ट्रकहरूसँग घुसको पैसा उठाउने गरेको रहस्य बाहिर आएको हो । पथलैया बिटबाट पीडित हुनेहरूले लामो समयदेखि गुनासो गर्दै आएका थिए ।

पथलैयाका ट्राफिक प्रहरीका निरीक्षक रिपेन्द्र सिंहले असईलाई बिटमा राखेर ५० देखि १०० रुपियाँ संकलन गरेको भिडियो ‘सिधा कुरा जनतासँग’ टेलिभिजन देखाइएको छ ।

५० देखि १०० सय रुपियाँसम्म घुस उठाइरहेको भिडियो खिच्ने पत्रकारलाई समेत निरीक्षक सिंहले अपशब्द बोल्नुका साथै भिडियो र मोबाइल खोस्न खोजेका थिए ।

निरीक्षक सिंहले ईञ्चार्ज बनेर आएपछि ट्रकहरूबाट अबै पैसा उठाउने कार्यलाई तिब्र बनाएको आरोप छ ।

ट्रकका चालक र सहचालकहरूले चियाखान ट्राफिक प्रहरीले ५० देखि १०० रुपियाँसम्म माग्ने गरेपछि दिने गरेको बताएका छन् । पैसा नदिने ट्रकहरूलाई ट्रफिक प्रहरीले दुःख दिएर हैरान बनाउने गरेको पीडितहरूको भनाइ छ ।

रु ५० देखि १०० सम्म उठाउँदा एकै दिन पचास हजारसम्म संकलन हुने गरेको छ । न्युज २४ बाट