वर्कशप व्यवस्थापन सम्बन्धी तालिम

भरतपुर, २३ बैशाख । नारायणगढको नारायणी मोटर्सका कर्मचारीहरुलाई वर्कशप व्यवस्थापन सम्बन्धी तालिम दिइएको छ ।

हंशराज हुलास चन्द एण्ड कम्पनीसँगको सहकार्यमा नारायणी मोटर्सले आफ्ना कर्मचारीहरुलाई सोमबार तालिम प्रदान गरेको हो । तालिममा सहभागीहरुलाई कम्पनीका सर्भिस विभाग प्रमुख अनिल पाण्डे र क्षेत्रीय प्राविधिक अधिकृत प्रकाशबाबु श्रेष्ठले प्रशिक्षण दिएका थिए । प्रशिक्षणका क्रममा पाण्डेले वर्कशपका कर्मचारीहरुले सेवाग्राहीसँगको आत्मीय व्यवहार गर्नुपर्ने बताए ।

कर्मचारीको व्यवहारसँगै सेवामा समेत ग्राहकलाई सन्तुष्टी पारेर पठाएको अवस्थामा वर्कशपको समेत प्रचार प्रसार भएर सेवाग्राहीको सङ्ख्या समेत वृद्धि हुने पाण्डेले बताए । कर्मचारीले दिने सर्भिसका कारण सेल्स बढ्ने पाण्डेले बताए । कार्यक्रममा हंशराज हुलास चन्द एण्ड कम्पनीका क्षेत्रीय प्राविधिक अधिकृत प्रकाशबाबु श्रेष्ठले सर्भिसिङमा आएका सवारी साधनको राम्रोसँग चेकजाँच गरेर मात्रै ग्राहकलाई दिनुपर्ने बताए ।

तालिममा सिकेको ज्ञानलाई व्यवहारमा उतार्नुपर्नेमा नारायणी मोटर्सका सञ्चालक बालगोपाल चुकेले जोड दिएका थिए । कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि नारायणी मोटर्सले विभिन्न समयमा तालिम तथा भ्रमण गराउँदै आएको चुकेले बताए ।