आँबुखैरेनीको प्युघरफाँटमा एक्साभेटर मेशिन प्रयोग गरेरै जथाभावी नदि दोहन

नदी दोहनमा स्थानीय जनप्रतिनिधी र प्रशासनको मिलेमतोको आशंका

आँबुखैरेनी, १्र्र९ वैशाख / देश संघिय संरचनामा गएर स्थानीय सरकार स्थापना हुन थालेपछि देशैभर जथाभावी नदी जन्य समाग्री उद्खनन् गरी नदी दोहन गर्ने काम तिव्र देखिन्छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिकामा पनि यो कामले तिव्रता पाएको छ । केहि वर्ष आँबुखैरेनी गाउँपालिकाको भागमा पर्ने मस्र्याङ्गदी नदी किनारमा जथाभावी रुपमा हेभि मेसिन प्रयोग गरेर नदि जन्य सामाग्री वैद्य तथा अवैध रुपमा निकालेर तस्करी गर्ने क्रम निकै बढेको थियो । पछिल्लो समय मस्र्याङ्गदी नदी किनारमा अलि सुस्ताए पनि यो रोग अहिले आँबुखैरेनी गाउँपालिकाको ६ नं। वडामा पर्ने प्युघर फाँटमा रहेको सेति नदी किनारमा मौलाएको छ । पहिलो पटक गाउँपालिकाले टेण्डर खुलाएको यो स्थानमा अहिले टेण्डर पारेको ठेकेदार कम्पनी भट्ट निर्माण सेवाले जथाभावी नदीजन्य सामाग्री निकालेर नदी दोहन पारेको छ ।

सरकारले देशभर नै हेभि मेसिनको प्रयोग गरेर नदीजन्य सामाग्री निकाल्न रोक लगाएको लामो समय भएको छ । तर प्युघरफाँटको सेदी नदी बगरमा भने ठेकेदार कम्पनीले चेनवाला एक्साभेटर मेशिन प्रयोग गरेरै नदी दोहन गरेको छ ।

ठेकेदारले ठेक्का परेर सामाग्री निकाल्न थाले देखि नै चेनवाला एक्साभेटर प्रयोग गरेको स्थानीय स्रोतले बताए । स्रोतका अनुसार ठेकेदारले ३ वटा चेनवाला हेभी एक्साभेटर मेशिन र १ वटा टायरवाला जेसिबी मेशिन प्रयोग गरेर नदीजन्य सामाग्री निकालिरहेको हो । विशेष गरेर लाब्दिखोला र प्युघरफाँट बिचको क्षेत्रमा नदीको धार नै परिवर्तन गरेर सामाग्री निकालेका छन् । यस्तै प्युघरफाँटबाट देवघाँट गाउँपालिका प्रवेश गर्ने झोलुङ्गे पुल क्षेत्रमा पुलको जगलाई समेत असर पर्ने गरी सामाग्री निकालेका छन् । सामान्यतया पुलको जग वरपर नदीजन्य सामाग्री निकाल्न पाईदैन ।

यी स्थानमा सामाग्री निकाल्दा बुद्ध सिंह राजमार्गबाट छर्लङ्गै देखिन्छ । ईलाका प्रहरी कार्यालय सराङघाटबाट हेर्ने हो भने पनि छर्लङ्गै देखिन्छ तर ठेकेदारले हेभि मेसिन प्रयोग गरेरै प्रहरीको नाकै मुनिबाट जथाभावी नदिजन्य सामाग्री निकाल्दा पनि प्रहरी भने मुक दर्शक देखिएको छ । प्रहरीले भने पछिल्लो समय हेभि मेसिन प्रयोग नगरेको जानकारी दिए । ‘केहि समय पहिले मेसिन नियन्त्रणमा लिएर गाउँपालिकामा बुझाएकौ हौं, त्यसपछि मेसिन प्रयोग भएको छैन’ –इलाका प्रहरी कार्यालय सराङघाटका इन्चार्ज सई एकनारायण आचार्यले बताउनुभयो । तर कारवाही पछि पनि निरन्तर मेशिन चलिरहेको स्थानीयहरु बताउछन् ।

गाउँपालिकाले भने हेभि मेशिन प्रयोग गरेको भन्दै २०७५ चैत्र १५ गते ७० हजार जरिवाना गरिएको जानकारी दिएको छ । त्यसयता मेशिन सञ्चालन नगरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रीकृष्ण पौडेलले जानकारी दिनुभयो । तर केहि समय अगाडि रिपोर्टिङमा जादा हेभी मेसिन नै प्रयोग गरिरहेको पाईएको थियो ।

अझ सञ्चारकर्मी पुग्दा नदीबाट सामाग्री निकाल्दै गर्दा एउटा हेभी मेशिन खोलामा नै डुबेको पाइएको थियो । त्यसो त दुर्घटनामा मानवीय क्षति भने भएन । पछि बुभ्mदा सो मेशिन निकाल्न ठेकेदारलाई तीन दिन लागेको थियो । स्रोतले बताए अनुसार ठेकेदारले विशेष गरेर विहान ४ बजेदेखि ८–९ बजेसम्म र साँझ ३ बजेपछि बेलुका अबेरसम्म हेभि मेसिन प्रयोग गरेर सामाग्री निकाल्ने गरेको छ ।

केहि स्थानीय हर्ताकर्तालाई हातमा लिएर ठेकेदारले मनोमानी काम गरेको स्रोत बताउँछ । त्यसका लागि ठेकेदारले केहि स्थानीयलाई राम्रै आर्थिक प्रलोभन दिएको पनि स्रोतले बताए । नदी दोहनमा स्थानीय जनप्रतिनिधी र शक्ति केन्द्रको पनि आड भरोसा रहेको नाम उल्लेख नगर्ने शर्तमा एक स्थानीयले बताए । ठेकेदारले नदीबाट निकालेको नदीजन्य सामाग्रीले प्युघरफाँट गाउँ नै छेक्ने गरी कृत्रिम पहाड नै बनेको छ ।

भ्याट बाहेक ७० लाखमा टेण्डर स्वीकार गरेको ठेकेदार कम्पनीले ठेक्का सम्झौता विपरीत मनोमानी ढङ्गले स्थानीय जनप्रतिनिधी, प्रहरी प्रशासनको नाकै अगाडी नदीजन्य सामाग्री निकाल्दा पनि सबैले मौनता साध्नुमा मिलेमतोको आशंकामा बल पुग्ने देखिन्छ । विरोध गर्ने स्थानीयलाई भने आर्थिक प्रलोभन देखाउने र नमानेमा तर्साउने गरेको पनि स्थानीय बताउछन् ।

यस्तै प्रहरी प्रशासनलाई जानकारी गराउदा समेत नियन्त्रण गर्न अटेर मानेको वडा नं। ६ का वडाध्यक्ष सुनाराम गुरुङले बताउनुभयो । ईच्छाकामना न्युजबाट