गफ भन्दा काम गर ।

सम्पादकीय ।

जनताको बिचमा हुने सार्बजनिक कार्यक्रममा होस वा अन्य सभा समारोहमा राजनितीक दलका नेताहरुको भाषण एउटा ठग गफाडीको भन्दा कम हुँदैन् । अझ चुनाबको बेलामा त् नेताहरुले पाँच बर्षमा देशमा कायापलट नैं ल्याउने गफ दिन्छन् । उनीहरुले समृद्धि नैं समृद्धि ल्याउने हावादारी भाषण गरी जनतालाई बेवकुफ बनाउने मात्र काम गर्छन् । नेताहरुको यस्तो गफलाई बुझेर पनि जनता बुझ पचाउन बिबश छन् । किनकी यो देशको नेतृत्वमा आजसम्म एउटा पनि असल र हिम्मतदार नेता आएकै छैनन्, जो आफ्नो पार्टी, र परिवारको स्वार्थभन्दा माथी उठेर देश सेवा गरोस । पहिलो त् राजनितीक दलहरु नै कसरी हुन्छ आफ्नो पार्टीलाई बलियो बनाउने भन्ने पक्षमा मात्र लागीपरेका हुन्छन् । उनीहरुको प्रमुख उध्येश्य भनेको आफ्नो दल र आफ्नै परिवारको राजनितीक, आर्थिक स्थिती कसरी बलियो बनाउन सकिन्छ भन्ने मै केन्द्रित रहेको देखिन्छ । देश भाँडमा जाओस, जनता गरिबी, अभाव, भोकमारी, बेरोजगारी र महंगीबाट प्रताडीत हुन किन नपरोस उनीहरुलाई कुनै मतलब नै छैन् । जहाँ जे गर्दा आफ्नो अभिष्ट पुरा हुन्छ, उनीहरुले त्यहि हर्कत गर्छन् । नेताहरुले चुसेर फालेको अलिअलि छोक्रा खाने बानी परेका तिनीहरुका कार्यकर्ताहरु पनि भ्रष्ट्र आँचरण, भडकिलो, रवाफिलो र एउटा बेनामी माफियाको जस्तो जिवनशैली र ब्यबहार भएका नेताहरुलाई सादिक तथा महान भन्दै तिनीहरुकै गुनगान गाउँदै आफ्नो दैनिक गर्जो टार्ने काम गर्छन् बिचाराहरु । अनि यस्तो देशमा कसरी समृद्धि आउँछ र ? घुस नखाने सरकारी कार्यालय र कर्मचारी भनेका चामलमा धानको बिँया जस्तै पाउनै मुश्किल भईसक्यो । खाधान्न देखि हरेक उपभोग्य र दैनिक जिवनमा प्रयोग हुने बस्तुमा प्राणघातक रशायनको ब्यापक प्रयोग भईरहदा पनि त्यस्तो बिषयलाई आफ्नो कमाईको निम्ती बार्गेनिङ्ग गर्छन याँहाका कर्मचारी र नेताहरु । आज देशमा किन क्यान्सर, मुटुरोग, ब्रेनसम्बन्धी लगाएतका सरुवा नहुने रोग आगोको लाप्का जस्तै फैलिरहेको छ, यो बिषयमा सरकार किन उदासिन ? राजनितीक दलहरु किन मुकदर्शक ? गम्भिर बन्नुपर्दैन शासक प्रशासकहरु अनि देश र जनताका लागी राजनिती गरेको भनेर खोक्ने राजनितीक दलहरु ? किनकी ति ठाँउहरुबाट सरकारी मान्छेहरु, दल तथा कर्मचारीहरुलाई मोटो कमिशन आईरहेको छ । तसर्थ यो देशमा राजनितीमा ठगहरुको बिगबिगी भयो । राजनिती गल्लीको फोहर नालीमा परिणत भईसक्यो, जहाँ एक हुल नयाँ पुराना ठगहरु झगडा गरेजस्तो गर्दै जनतालाई बेवकुफ बनाउदैं त्यहि फोहरमा डुबुल्की मारिरहेका छन् । अनि भनिरहेका छन्, हामी यो देशलाई केही बर्षमै बिश्वको धनी मुलुक बनाउछौं तपाईहरुलाई सुखि बनाउँछौ । फोहर नालीको किरासरी भईसकेका ति भ्रष्ट्रहरुको कुरामा ताली पिट्ने कार्यकर्ताको तमाशा हेर्न बिबस जनता निरिह बस्न बिबस छन् ।
जनता देशमा कम्युनिष्ट नामधारी नेकपाको सरकार बनेपछी बिगतको अवस्थामा धेरै नै सुधार हुने अपेक्षामा थिए तर बर्तमान सरकारको एक बर्षे अवधीलाई भोगेपछी जनता अब दुईतिहाइृको यो सरकार पनि बिगतका सरकारका गफाडी नेताभन्दा माथी उठ्न नसक्ने निष्र्कष निकाल्न बाध्य भईसके । काम भन्दा अनावश्यक गफ गर्नु यो सरकारको निचर्या बनेकोले जनता थप निराश भईरहेका छन् । त्यसैले सरकार जनतालाई आशातित बनाउने खालका काम गर । देशमा बिधमान खराबीहरु (घुसखोरी, अनियमितता, भ्रष्ट्रचार, कालाबजारी, माफियागीरी, कमिशनतन्त्र, महंगी अभाव, गरिबी, भोकमारी र बेरोजगारी को अन्त्य गर्न गर्न प्रभावकारी कदम चाल । अनावश्यक गफ र जनता बेवकुफ बनाउने भाषणबाजी होईन जनतालाई असल शासन चाहिएको छ । अत्ः सरकारका प्रधानमन्त्री र मन्त्रीहरु गफ भन्दा काम गर ।
भण्डाफोर अभियान साप्ताहिकबाट