भुकम्पडिीतलाई शास्ती, हाकिमलाई भने मस्ती नै मस्ती

नेपालमा २०७२ मा बिनाशकारी भुकम्प आयो । त्यहि भुकम्पको कारण पहाड नै चिरापरी भासिने अवस्था आएपछी चितवनको साबिक दाहाखानी ६ कुयँलघारीका ६५ घरधुरी जनतालाई दाहाखानी ८ सिमलढाप(हाल ईच्छाकामना ७) मा ल्याई राखियो ।

 भुर्गभ बिभागको टोलीले जोखिम प्रमाणित गरेपछी तत्कालिन काँग्रेस, एमाले र माओबादी लगाएतका राजनितीक दलहरु, जिल्ला बिपद ब्यब्स्थापन समिती, जिल्ला प्रशासन कार्यालय लगाएतको सँयुक्त टोलीले तत्कालिन गाँउपालिका सचिवको समेत रोहबरमा उनीहरुलाई अर्को ब्यबस्था नभएसम्म यहि ठाँउमा बस्नु भन्दै उक्त स्थानमा राखेको हो । ६ महिनाभित्र अर्को ब्यबस्था गर्ने भनेपनि भुकम्पपिडीतहरुलाई सरकारले कुनै ब्यबस्था नगरेको उनीहरुको गुनासो छ । उनीहरुलाई प्रति परिवार दश पन्द्र धुर जति जग्गा सिमलढाप स्थित बेलघारी कबुलियती बन क्षेत्रभित्रको खाली चौंरमा अस्थायी बसोबास गराईएको थियो ।

हो तिनै भुकम्पपिडीतहरुलाई अहिले जिल्ला बन कार्यालयका सहायक बन अधिकृत बलिभद्र भण्डारीको ठाडो निर्देशनमा केही स्थानियले अमानबिय ब्यबहार गर्दै उठीबास लगाउने प्रपञ्च गरेको खुल्नमा आएको छ । कबुलियती बनका पदाधिकारीले नै भुकम्प पिडीतहरुका खरले बारेका अस्थायी ट्वाईलेटहरु डढाईदिने, उनीहरुको करेसाबारीमा लगाएको तरकारी बालीमा गाईबस्तु लगाईदिने, डोजर लगाई बालीनाली नष्ट गरिदिने लगाएतका अमानविय एवं गैरकानुनी हरकत गरिरहेको पिडीतहरुको गुनासो छ । त्यति मात्र कहाँ हो र ? भुकम्पपिडीहरुले बनाएको टिनको छाप्रोमा ढुङ्गाले हान्ने र कसरी दुःख दिन सकिन्छ भन्दै बिभिन्न बाहानामा उनीहरुलाई दुःख दिने कार्य भईरहेको खुल्नमा आएको छ ।

यसरी दुःख दिनेहरुमा कृष्ण श्रेष्ठ, मंगलराज श्रेष्ठ, गोरे तामाङ्ग, हस्तकुमारी श्रेष्ठ, पूर्णमाया श्रेष्ठ लगाएतका कबुलियति बनका पदाधिकारीहरु रहेको खुल्नमा आएको छ । उनीहरुलाई बन अधिकृत भण्डारीले नै त्यसो गर्न लगाएको समेत बुझिएको छ । ईच्छाकामनामा रहेका कबुलियति बनका पदाधिकारीसँग मिली भण्डारीले यस अघि लामो समयदेखि बनबाट माटो, ढुङ्गा बालुवा लगाएतका नदीजन्य बस्तुको खोला नखुलेको समयमा समेत अबैध रुपमा ओसारपोसार गराईरहेको र त्यहि बाटोमा भुकम्पपिडीतको बस्ती हुँदा तस्करीमा अबरोध पुगेकोले भुकम्पपिडीललाई जसरी भएपनि लखेट्ने षडयन्त्रमा लागेको श्रोतको दाबी छ । भण्डारीले तिनै कबुलियति बनका पदाधिकारीसँग मिली अबैध कारोबार मार्फत मासिक लाखौं कमाई गरेको र ईच्छाकामनामा मात्र भण्डारीको  बिघौं बिघा जमिन रहेको श्रोतले बताएको छ । नत्र सामान्य जागिरेको कसरी करोडौं करोडको सम्पति बन्यो श्रोतले भन्यो । भण्डारीको सम्पति छानबिन गरेमा सम्पूर्ण राज खुल्ने श्रोतको दाबी छ । भुकम्पपिडीतलाई शास्ती दिने बनका हाकिम भण्डारी हरिपुर चौकीको ईन्र्चाज हुदाँ अनियमितता गरेको हुनसक्ने जानकारहरु बताउछँन । स्मरण रहोस उक्त चौकीको क्षेत्रभित्रको बनमा बिगतमा भण्डाफोर अभियानले गरेको स्ट्रिङ्ग अप्रेशनमा बनभित्रै तस्करहरुले आरा सहित दर्जनौ सालका काँचा रुख काटिरहेको अवस्थामा भेटिएर त्यो भिडीयो स्थानिय तथा राष्ट्रिय सञ्चारमाध्यममा आएलगत्तै जिल्ला बन कार्यालयमा अख्तियारले समेत अनुसन्धान र कार्बाही गरेको थियो ।
भण्डाफोर अभियान साप्ताहिकबाट