राज्यको धडपकडप्रति बिप्लब समूह चितवनको कडा आपत्ति

चितवन /नेपाल कम्युनिस्ट पार्टी बिप्लब समूह चितवनले आफ्ना नेता तथा कार्यकतालाई संकटकालको झझल्को दिने गरी केपी बादल गृह प्रसाशनले गिरफ्तार गरेको भनदै कडा आपत्ती जनाएको छ। गिरफ्तार गरि हिरासतमा राखिएका राजकुमार तिमिल्सीना, जयबहादुरकुवँर, बीरबहादुर तामाङ, गुणराज श्रेष्ठ, यातायात व्यावसायी मित्र केसी, विद्यार्थी नेता बिक्रम न्यौपाने र रणदिपलाई झुट्ठा मुद्धामा फसाउन लागेको भनदै सो पार्टीले बिरोध जनाएको छ । दलालहरुको अवैध गर्भाधान र केपी प्रचण्डको अनिच्छित घृणित प्रेमबाट पैदा भएको केपी सरकार जनताबाट तिरष्कृत भई असफलता र संकटमा परिरहेको बेला आफ्नो असफलता, असक्षमता र खुस्केको धोती ढाकछोप गर्न नेकपामाथि दमन गरिरहेको विज्ञप्तिमा भनिएको छ ।

२०७५ साल फागुन २८ गते भरतपुर महानगरपालिका कैलासनगर स्थित ५ नं वडा कार्यालयमा भएको घटनामा नेकपाले आफ्नो कुनैपनि संलग्नता नरहेको स्पष्ट पारेको छ । अरु कसैबाट घटाएको घटनासँग जोडेर झुठो मुद्धा लगाई हिरासतमा राख्नु यो राज्यको लाचारी गैरन्यायिक कदम भनिएको छ । दलाल समाजिक फाँसीवादी सरकारको “हरुवा गोरुको छेरुवा हुँक्कार”ले नेकपाको आन्दोलनलाई कुनै असर नपार्ने विज्ञप्तिमा भनिएको छ । विगतको पञ्चायती व्यावस्था र जनयुद्धमा राज्यले लगाएको संकटकाल झै नेकपाका नेता तथा कार्यकर्तामाथि दमन धरकपड र खानतलासी तिब्र बनाएकोप्रति कडा विरोध गरिएको छ र तुरुन्त झुठ्ठा मुद्धा खारेज गरी निर्दोष सबैलाई रिहाईको माग गरेको छ । विज्ञप्तिको पूर्ण पाठ यसप्रकार छ ।