चितवनमा रहेका अधिकाँश भारतीय ब्यापारीहरु सँग नेपाली नागरिक्ता !

तराईका जिल्लाबाट केही हजार र लाखमा किन्ने गरेको खुलासा, प्रशासन बेखबर

ब्यापार ब्यबसाय गर्ने शिलसिलामा केही बर्ष अघिबाट मात्र चितवन आएका अधिकांश भारतीय ब्यापारीहरुसगँ छ्यापछ्याप्ती नेपाली नागरिक्ताको प्रमाणपत्र रहको खुलासा भएको छ ।
उनीहरुको ब्यापार ब्यबसाय र बसाई बर्षौबाट चितवन रहेकोे भएपनि उनीहरुले लिएको नागरिक्तामा भने सुनसरी,मोरगं,सप्तरी,सिराहा,सर्लाही,महोत्तरी रौतहट, बारा, पर्सा, रुपन्देही र कपिलबस्तु लगाएतका तराईका जिल्लाका बिभिन्न गाँउको स्थानिय बासिन्दा रहेको खुलाईएको छ । एकजना नारायणगढका भारतीय ब्यापारी जो १५ बर्षबाट चितवनमै परिवार सहित बसेका छन्, उनको खास घर भारतको मोतिहारी पर्दछ, ले लिएको नागरिक्तामा समेत उनको ठेगाना तराईकै एक जिल्ला खुलाईएको छ ।
त्यस्तै अर्का एक भारतीय ब्यापारी जस्ले खुलेआम आफुले रु ५० हजारमा नागरिक्ता किनेको दाबी गर्दै हिड्छन् । चितवनको नारायणगढ, भरतपुर, टाँडी, पर्सा, माडी, मुग्लीन लगाएतका स्थानमा रहेका अधिकांश भारतीय ब्यापारीहरुले तराईका बिभिन्न जिल्लाबाट नागरिक्ता किनेर ल्याएको स्वंय स्विकार्छन तर यस बिषयमा अनुगमन र छानबिन गर्नुपर्ने निकायहरु बेखबर र मुकर्दशक बनि बसिरहेका छन् । नेपाल नागरिकता ऐन, २०६३ पछी नेपालमा नागरिक्ता लिने भारतीयहरुको सख्या ह्वात्तै बढेको अध्ययहरुले देखाउँछ । यसरी ब्यापार गर्न चितवन लगाएत देशभर छरिएका लाखौं भारतीयसँग नेपाली नागरिक्ता लिएको देखिएपनि त्यो उनीहरुले के कसरी लिए भन्नेबारे सरकारले गहिरो अनुसन्धान र ठोस निचोड निकाली आवश्यक कार्बाही गर्न नसकेकै कारण दिनप्रतिदिन भारतीय ब्यापारीहरुले नागरिक्ता लिनेक्रम बढेर गएको छ । यस बिषयमा सरकार, प्रशासन र आम नागरिक सचेत हुनुपर्ने देखिन्छ । आजको भण्डाफोर अभियानबाट