औद्योगिक क्षेत्रको विकासका लागि नीजि क्षेत्रसंगै सहकार्य : अर्थमन्त्री खतिवडा

चितवन, वैशाख २/अर्थमन्त्री डा।युवराज खतिवडाले नेपालमा औद्योगिक क्षेत्रको विकासका लागि नीजि क्षेत्रसंगै सहकार्य गर्दै अघि बढ्ने बताएका छन् ।

आज (सोमबार) चितवनको भरतपुरमा भएको प्रदेश ३, गण्डकी प्रदेश र प्रदेश ५ का उद्योगी व्यवसायीहरुसंगको पूर्व बजेट छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले यस्तो बताएका हुन् । । उनले ५५ प्रतिशत लगानी निजी क्षेत्रबाट अपेक्षा गरिएको समेत बताउदै भने–“उद्योगको विकासका लागि सरकार नीजि क्षेत्रसंग हातेमालो गर्नेछ, लगानीको वातावरण बनाउन सरकार कानुनी सुधार गरिरहेको छ ।”
मन्त्री खतिवडाले नयाँ उद्योग खोल्दा असुरक्षाको महसुस गर्नुनपर्ने भन्दै औद्योगिक क्षेत्रमा २४ सैं घण्टा सुरक्षा व्यवस्था गरिने दावी पनि गरे । नेपाललाई क्रमशः दोहोरो आर्थिक वृद्धिको बाटोमा लैजाने र अल्वविकसित मुलुकबाट माथि लैजादै मध्य आयमुलुक तर्फ अघि बढाउने सरकारको योजना रहेको बताए ।
नेपाल सरकार, नेपाल उद्योग परिसंघ र चितवन उद्योग संघले संयुक्त रुपमा गरेको कार्यक्रममा अर्थमन्त्रालयका राजश्व सचिव लाल शंकर घिमिरे, नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, उद्योगी गुणचन्द्र विष्टलगायतले मन्तव्य व्यक्त गरेका थिए ।