गैंडाकोटमा भुमाफियाको करामत : सरकारी जग्गा ब्यक्तीको नाममा

स्थानीय बासिन्दा आन्दोलित

चितवन । नवलपुरको गैंडाकोट १ स्थित नारायणी नदि किनार मा रहेको करीव ६ विगाहा सरकारी जग्गाँ भुमाफियाले ब्यक्तिको नाँममा पुर्जा बनाएको कुरा खुल्नमा आएको छ । कृते काँगजपत्र बनाई भरतपुर महानगरपालीका ४ लड्ढु निवासी केशब सापकोटाकाले आफ्नो नाममा बनाएको भेटिएको हो । ति भुमाफिया सापकोटाले अहिले उक्त जग्गा आफ्ना छोराहरुको नाममा नामसारी दर्ता गराइसकेको समेत भेटिएको छ ।

बि.सं २०५४ सालमा उक्त क्षेत्रमा सुकुम्वासी को पनि बसोबास गरेका थिए । त्यतिखेर सो जनिमा बसेका सुकुम्वबासीले सरकारी जग्गा अतिक्रमण गरेको भन्दै बिबादास्पद बनाएर निकालिएको थियो । पछि सुकुम्वासीहरु बोटे टोलमा बसोवाँस गर्न गएपछी खाली चौंर र खेलमैदानको रुपमा रहेको सो सार्बजनिक जमिन ब्यक्तीकै नाममा दर्ता हुँदा समेत स्थानिय सरकार मुकर्दशक बस्नुलाई स्थानीयले शकांको नजरले हेरिरहेका छन् ।
२०४८ सालमा भिडिआरसी ले संरक्षण गर्दै आएको जग्गामा करिव ७० घर सुकुम्वबासीलाई स्थानिय निकायले अतिक्रमणको संभावना भएको भन्दै निकालेको तत्कानि वडा अध्यक्ष गोबिन्द सुबेदीले बताएका छन् ।

स्थानिय बासिन्दा आन्दोलित
अतिक्रमित जग्गामा भुमाफियाले तारबार गरेपछि स्थानीयले सबै तारबार भाँचेर फालिदिएका छन् ।

आन्दोलित स्थानीयले अतिक्रमित क्षेत्रदेखि र्‍याली निकालेर गैँडाकोट नगरपालिकामा नगरप्रमुखलाई सार्वजनिक जग्गा संरक्षण गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझेपछि गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले यो जग्गाका सबै फाइलहरु मलपोतबाट ल्याउन कर्मचारीलाई निर्देशन दिएको र आफूले मुख्यमन्त्रीसँग पनि जग्गाको बारेमा कुरा गरेको बताउँदै त्यो जग्गालाई सरकारीकरण गर्न प्रयास गर्ने बताए ।