चितवनको नारायणगढमा रहेको नरिवल बिक्री गर्ने पसलमा अनुगमन टोलीको छापा ।

चितवन , ३० चैत । खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले नारायणगढ स्थित लिलाचोकमा रहेको नरिवल बिक्री गर्ने एक पसललाइ बन्द गराएको छ ।

नियमित रूपमा गरिएको अनुगमनका क्रममा भारतीय नागरिकबाट सञ्चालित उक्त नरिवल पसल बिनादर्ता सञ्चालनमा रहेको पाइएको र भारतीय ब्यापारीले रंगको स्तर, ब्याबसायी रामप्रसाद सापकोटाको मिलेमतोमा काम गरेको सामान्य अनुसन्धानबाट खुल्न आएकोले दुबैलाइ तत्काल कार्यालयमा उपस्थित हुन निर्देशन दिदै पसल बन्द गराइएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख बिक्की राउतले बताउनुभएको छ ।

राउतका अनुसार उसलाई बयान लिने र आवश्यक परे राजर्श्व कार्यालयमा समेत पेश गर्न सकिने राउतको थप भनाइ थियो । सो, क्रममा अनुगमन टोलीले जिल्लाकै सर्बोत्कृष्ट भण्डार र बिक्री कक्षको अनुगमन गरेकोमा रिद्विसिद्धी खाद्य भण्डार निक्कै ब्याबस्थित तबरबाट सञ्चालनमा रहेको थियो । अनुगमन टोलीले लिलाचोक क्षेत्रमा सञ्चालित खाद्य सप्लार्यसको समेत अनुगमन गरेको थियो ।