गुलामी राजनितीको अन्त्य कहिले ?

जवसम्म नेता जनता खोज्दै गाँउ र पखेरा सम्म पुग्न सक्दैन, तवसम्म देश र जनताले काँचुली फेर्न सक्दैन । सदियौ देखि देखिएको नेताको यो पाखण्डी र सामन्ती सोचका प्रतिकार  आम जनतावाट नै  हुनुपर्दछ त्यसका लागी आम जनता कर्मशिल हुनुपर्दछ, स्वनिर्भर वन्नुपर्दछ । समाज र देशका लागी योगदान दिनुपर्दछ भन्ने भावनाको विकास आम जनतामा जाग्नुपर्दछ ।      नेपालको राजनितीमा गुलामी राजनितीको दवदवा चलिरहेको छ । हरेक कर्ममा गुलामी गर्ने र सवैलाई गुलामी नै सोच्ने राजनैतिक नेतृत्वकोे शैलीले गुलामीपनको हद वढ्दै गईरहेको छ । नेताहरु सवै जनता तथा कार्यकर्तालाई गुलामी सम्झने र कार्यकर्ता र जनता चाहि सानो भन्दा सानो कामका लागी पनि भनसुनमा आश्रित रहने परिपाठीले झन गुलामी राजनितीलाई वढवा दिदै गईरहेको छ । परापुर्व काल देखि नै यसको शुरुवात भएता पनि पछिल्लो समय गुलामी विनाका काम नहुने स्थिती सृजना भएको छ ।यसका लागी कार्यकर्ता र जनताका लागी नेता तथा उसका आसेपासेको नजिक रहनका लागी गरिने कर्म घातक देखिन्छ । जसरी पनि हुनै पनि कारण ले पनि गुलामी राजनिती देश, समाज र स्वंय व्यक्ति तथा नेतागणका नकारात्मक पाटो वन्न पुगेको छ । यहि रवैया र व्यवहारका कारण अन्य व्यक्ति समुदायलाई समेत यसले प्रत्यक्ष असर पारिरहेको छ । त्यसैको श्रृखला स्वरुप एक्काईसौ शताव्दीको यो संघारमा पनि आम जनताहरु परनिर्भर र गुलामीमा अभ्यस्त वन्न लालयित वनिरहेका छन् ।

कर्म नै समाज र व्यक्ति परिवर्तनका मुख्य आधारशिला हुन् भन्ने एकमात्र तथ्य नवुझेका जनता र जनताका यहि कमजोरीमा आफनो स्वार्थकेन्द्रित भविश्य खोज्न लालयित रहने नेतृत्वकर्ताको असक्षमता नै समाज वन्धकका मुख्य कारण हुन् ? नेतृत्वकर्ताले किन आम जनतालाई कर्मशिल वनाउन, विचारले सक्षमता र स्वनिर्भर वन्न सिकाएन ? राजनैतिक नेतृत्व सँग सोझिने आम प्रश्न यहि हो ।                                                                                           चुनावका लागी, शक्ति, सत्तामा पुग्नका लागी जनता र कार्यकर्ता चाहिने नेताहरु अन्य वेलामा कार्यकर्ता र जनता चिन्ने साहस गर्देनन् । भोट र शक्ति मा टेकेर देश र जनताका नाम भजाएर व्यक्तिगत स्वार्थ र भष्टाचारमा चुर्लम्म डुवेका राजनितीकर्मीको नेपालमा कुनै कमि छैन । शक्ति र सत्तामा पुग्नका लागी जनताका घरदैलो सम्म पुगेर अमिल्लो नाटक मंचन गरेर दुनिया जग हसाएका नेताहरुको त्यो कार्य फगत व्यक्तिगत स्वार्थका लागीमात्र रहेछ भनेर पटक पटक भनिरहनु आवश्यक छैन । गुलामी राजनितीको विगविगी कसरी वड्यो ? के गुलामी राजनिती विना समाज र व्यक्ति चल्न सक्दैन ? के का लागी यो गुलामी ? राजनिती ले विगारेको देशमा सन्देह किन ? राजनिती के का लागी ? आम सर्वसाधारण जनतालाई पनि जर्वजस्ती राजनिती गराउन र गुलामी वनाउन वाध्य के का लागी ? विना गुलामी जनजीविका पनि संचालन गर्न नसक्ने अवस्थाका सिर्जना कसले गरायो ? यावत प्रश्नका जवाफका लागी जवाफकर्ता नै छैन ? त्यसो भए यो गुलामी राजनितीले देश, समाज र आम जनतालाई कहाँ पुर्याउला ? यो सोच्ने र यसको समाधान कसले गर्ने ?
कर्म नै समाज र व्यक्ति परिवर्तनका मुख्य आधारशिला हुन् भन्ने एकमात्र तथ्य नवुझेका जनता र जनताका यहि कमजोरीमा आफनो स्वार्थकेन्द्रित भविश्य खोज्न लालयित रहने नेतृत्वकर्ताको असक्षमता नै समाज वन्धकका मुख्य कारण हुन् ? नेतृत्वकर्ताले किन आम जनतालाई कर्मशिल वनाउन, विचारले सक्षमता र स्वनिर्भर वन्न सिकाएन ? राजनैतिक नेतृत्व सँग सोझिने आम प्रश्न यहि हो । सधै आफनो जयजकार मात्र गरिरहुन, आफनो अगाडी पछाडी मात्र हिडिरहुन भन्ने सोच भएको नेतृत्वकर्ता जनजीविकाका आम विषयमा किन वोल्न चाहदैन ? जनताका जीवनस्तर कसरी उकास्न सकिन्छ भन्ने चिन्तन गर्देन ? आम जनता र कार्यकर्ता भजाएर शक्ति र सत्तामा हालिमुहाली गरेर जीवनका उत्तरार्धमा पुगेर मानसिक पीडा र जनताका जीवनस्तरको मापन अन्य राजनैतिककर्मीले किन लेखाजोखा गर्न सकेनन ? राजनिती देश र जनताका लागी हो कि व्यापार हो ? घरभित्रवाट शुरु भएको राजनैतिक गुलामी समाज, क्षेत्र, जिल्ला, केन्द्र सम्म जेलिएको छ । विश्वका अन्य राजनैतिक नेतृत्वको असल गुण र कर्मलाई नेपालका राजनैतिक नेतृत्वले किन अंगिकार गर्न सकेन । नेपालक परिपेक्ष्यमा हेर्ने हो भने पनि देशका सवै सुविधा, शक्ति प्राप्त गरेका व्यक्तिको जीवनशैली, भोगेको यथार्थतालाई किन सुक्ष्म अध्ययन गरिएन ? तिनीहरुको जीवन किन अध्ययन भएन ? उनीहरुले प्राप्त गरेको शक्ति, सत्ताले देश, समाज र जनतालाई कति सकारात्मक तथा नकारात्मक असर परे, त्यसको अनुसन्धान गरि काम गर्ने कसले ?
तराईमा शीतलहर होस वा सुनाम, वाढीको प्रकोपले वर्षोनी सयौ व्यक्तिको मृत्यृ र अंगभंग हुन्छन् , त्यसवेलामा दुईचार थान कम्मल वाड्ने कि त्यसको प्रभावकारी समाधान गर्ने ? वाढी पिडितको समस्या पहिचान गरेर त्यसको निराकरणमा ध्यान दिने कि सरकार अथवा अन्य संघसंस्थाले जस्तापाता र कपडा वितरण गरेर समाजिक संजालमा फोटो पोस्ट गरेर सहानुभुति जनाउने ? क्षणिक प्रचारवाजीले आम जनता र देशका हित गर्न सक्दैन भन्ने वुझने कहिले र कसले ? आम प्रश्न यहि हो ।
नेतालाई आम कार्यकर्ता र जनता केवल शक्ति र सत्ता प्राप्तिका लागी मात्र वन्दछ भने त्यो नेता कदापी वन्न सक्दैन र त्यस्ता नेताले देश र समाज परिवर्तनका लागी भुमिका वहन गर्न सक्दैन । आफनो भुमिका र कर्म के का लागी भन्ने समेत भेउ पाउन नसक्ने हामी आम जनताले अव गुलामी राजनिती गर्न हुदैन । जवसम्म नेता जनता खोज्दै गाँउ र पखेरा सम्म पुग्न सक्दैन, तवसम्म देश र जनताले काँचुली फेन सक्दैन । सदियौ देखि देखिएको नेताको यो पाखण्डी र सामन्ती सोचका प्रतिकार आम जनतावाट नै हुनुपर्दछ । त्यसका लागी आम जनता कर्मशिल हुनुपर्दछ, स्वनिर्भर वन्नुपर्दछ । समाज र देशका लागी योगदान दिनुपर्दछ भन्ने भावनाको विकास आम जनतामा जाग्नुपर्दछ, त्यति मात्र आम जनताले गर्न सकेमा नेताहरुको त्यो हिजोको शैलीमा आकाश पातालको परिवर्तन आउनेछ, हैन भने सधैको गुलामी प्रवृत्तिले जति नै ठुला ठुलो विकास निर्माण र समृद्ध नेपालका नारा दिएता पनि हुनेवाला केहि छैन । नेताको त्यो दास र गुलामी सोचका अन्त्यका लागी जनता नै जागरुक वन्न जरुरी छ । जनता आफै चेतनशिल वन्न जरुरी छ । जनता नै कर्मयोगी वन्न जरुरी छ । जनताको यहि परिवर्तनकारी भुमिकाले नेपाल समृद्ध र सुखी नेपाल सम्भव हुनेछ ।