बालुवाटारस्थित ललितानिवासको जग्गा धितो राखेर कर्जा

 

काठमाडौं/सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गा व्यक्तिको नाममा बनाएर धितो राखी विभिन्न बैंकरवित्तीय संस्थाबाट अर्बौँ रुपैयाँ ऋण लिएको पाइएको छ ।
ललितानिवासका तत्कालीन भोगधिकारी रुक्मशमशेर राणालगायतबाट २०६० सालमा व्यक्ति तथा संस्थालाई गैकानुनी रुपमा बेचिएको सो जग्गा धितो स्वीकारेर करिब एक दर्जन बैंकरवित्तीय संस्थाले कर्जा प्रवाह गरेको तथ्य खुलेको हो । सरकारले उक्त जग्गा फिर्ता लिए बैंकहरुले प्रवाह गरेको कर्जा रकम के हुने भन्न्ने अन्योल देखिएको छ । यो समाचार नागरिक दैनिकमा छ।