युवाहरुको विदेश पलायन रोक्नुपर्नेमा नेकपा अध्यक्ष प्रचण्डको जोड

चितवन, चैत २७/नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षित युवाहरुको विदेश पलायन
ता रोक्नुपर्नेमा जोड दिएका छन् । चितवन क्षेत्र नं. ३ का सभाषद समेत रहेका दाहालले शिक्षित युवाहरुको विदेश पलायन नरोकेमा देश भिखारी हुने सम्भावना बढेको बताएका हुन् ।
आज माडीमा आयोजित कार्यक्रममा शिक्षाको महत्वबारे बोल्दै उनले यस्तो बताएका हुन् । उनले धेरै वर्ष पहिले देश खाद्यान्नमा आत्मनिर्भर रहेको तर आजभोलि शिक्षित युवाहरु बढ्दै जाँदा झनै परनिर्भरता बढ्दै गएको विचार राखे । पूर्वप्रधानमन्त्री प्रचण्डले मानिसहरु झनै शिक्षित र जान्ने सुन्ने भएपछि नेपालले अरबौंको खाद्यान्न आयात गर्न थालेको गुनासो गरे । उनले शिक्षामा आमुल परिवर्तन नगरेसम्म देशलाई अत्मनिर्भर र विकसित बनाउने कार्य सम्भव नहुने विचार राखे । पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘ यस्तै गतिमा शिक्षित युवाहरु विदेश पलायन हुने हो भने देश भिखारी हुन बेर लाग्दैन । उनले देशको विकासको लागि प्राविधिक र वैज्ञानिक शिक्षामा जोड दिनुपर्ने बताए । ’