फाउण्डेशनद्वारा धन्यवाद ज्ञापन


भरतपुर, २६ चैत / मदन भण्डारी फाउण्डेशन चितवनले आयोजना गरेको रक्तदान कार्यक्रम सफल बनाउन सहयोग गर्ने व्यक्ति तथा संघ संस्थालाई धन्यवाद ज्ञापन गरेको छ । कार्यक्रम संयोजक तथा फाउण्डेशनका बरिष्ठ उपाध्यक्ष शम्भु सुवेदीले आज ९मंगलबार० विज्ञप्ति प्रकाशित गरी धन्यवाद ज्ञापन गर्नुभएको हो ।

फाउण्डेशनले २६ औं मदन आश्रित स्मृति दिवसको अवसरमा बारा र पर्सामा हावाहुरीका कारण घाईते भएकाहरुको सहयोगार्थ चैत २५ गते सोमबार भरतपुरको चौबीसकोठीमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । एक सय ५४ जनाले रक्तदान गरेको कार्यक्रम सफल बनाउन सहयोग गर्ने पत्रकार तथा सञ्चार माध्यमहरु, क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुर, जिल्ला प्रहरी कार्यालय चितवन, जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर, सशस्त्र प्रहरी गण आँपटारी, सिजी फुड्स नेपाल प्रा।लि।, नेपाल फलफूल व्यवसायी संघ चितवनप्रति फाउण्डेशनले आभार प्रकट गरेको छ ।

त्यसैगरी सप्तगण्डकी बहुमुखी क्याम्पस, बालकुमारी कलेज, मैयादेवी कन्या कलेज, श्री मडिकल कलेजलगायतका शिक्षण संस्थाका विद्यार्थीहरु, अनेरास्ववियू जिल्ला कमिटी, चितवन एकेडेमी फर टेक्निकल एजुकेशन, चितवन मोडेल हस्पिटल, नेकपाका नेता कार्यकर्ताहरु, फाउण्डेशनको केन्द्र र तीन नम्बर प्रदेश कमिटी एवं आम सर्वसाधारणप्रति पनि आभारी प्रकट गरिएको छ ।

विज्ञप्तीमा मानवीय सम्वेदनासँग जोडिएको रक्तदान जस्तो पवित्र कार्यमा व्यक्तिगत एवं संस्थागत रुपमा सहयोग गरी सफल बनाउनु हुने सबैप्रति फाउण्डेशन ऋणी भएको उल्लेख गर्दै आगामी दिनमा पनि फाउण्डेशनले गर्ने कार्यक्रमहरुमा सहयोगको अपेक्षा गरिएको उल्लेख छ ।