नारायणगढका दुई मोबाइल पसलमा लाखौको चोरी

 

नारायणगढ, चैत १५/नारायणगढका दुई मोवाइल पसलमा चोरी भएको छ । रातको समयमा भरतपुर महानगरपालिका ३ लायन्सचोकमा गोविन्द बास्तोलाले संचालन गरेको गुगल मोवाइल हाउस र हंकङ बजारमा केशव क्षेत्रीले संचालन गरेको यु एण्ड मी मोवाइल पसलमा चोरी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

चितवन मोवाइल हाउसबाट विभिन्न कम्पनीका ३१ थान मोबाइल, चार हजारको रिचार्ज, नगद १० हजार गरी करिब पाँच लाख २५ हजार र युएण्डमी मोबाइल हाउसबाट बिभिन्न कम्पनीका २५ थान मोबाइल, नगद र रिचार्ज गरी करिब चार लाख बराबरको चोरी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक सुशिल सिंह राठौरले जानकारी दिए। प्रहरीले चोरी गर्ने समुहको खोजी कार्य जारी राखेको उनले बताए ।