पूर्वप्रधानमन्त्री नेपालविरुद्ध किन लाग्यो नाराबाजी ?

चितवन । महायोगी कृष्णदासको नागरिक अभिनन्दनका सिलसिलामा गत सोमबार चितवनको भरतपुर आएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ‘होली वाईन मुर्दावाद’ भन्दै नाराबाजी भएको छ ।

पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नेपाललाई विवादास्पद धार्मिक संस्था युनिभर्सल पिस फेडेरेसन (यूपीएफ) ले गरेको ‘एसिया प्यासिफिक समिट’को प्रवद्र्धक भएर काम गरेको भन्दै चितवन आएको बेला हिन्दुबादी भक्तजनहरुले नारा लगाएका हुन् ।

हिन्दू राष्ट्र जिन्दावाद, होली वाईन मुर्दावाद भन्दै सबैभन्दा सुरुमा नारा लगाउने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा प्रहरीविरुद्ध पनि उनीहरुले नारा लगाएका थिए । त्यसपछि प्रहरी उनलाई नियन्त्रणमा नलिई फर्किएको थियो । नाराबाजीकै कारण १० मिनेट कार्यक्रम नै अवरुद्ध हुन पुग्यो । त्यसको ५ मिनेटपछि ती युवाले हिन्दू राष्ट्र जिन्दाबाद भन्दै नारा लगाएका थिए । प्रहरीले उनलाई चारतिरबाट निगरानी बढेएसँगै ती युवा कार्यक्रमस्थल छाडी अन्यत्र गएका थिए । नारा लगाउने युवक स्थानीय तहको निर्वाचनमा राप्रपा नेपालको तर्फबाट वडा सदस्य पदमा उम्मेदवार रहेको श्रोतले जनाएको छ ।

स्रोतका अनुसार बिबादीत कोरियन युनिफिेकशन चर्चको कार्यक्रम काठमाण्डौमा गराई नेता नेपालले हिन्दू धर्मको विपक्षमा महागल्ती गरेकाले उनलाई किन कार्यक्रमको प्रमुख अतिथि बनाइएको भन्दै उनीहरुले आक्रोश पोखेका हुन् । कार्यक्रमस्थलमा प्रहरीको बाक्लो उपस्थितीका कारण उनीहरुले नेता नेपाललाई कालो झण्डा देखाउन भने पाएनन् । भण्डाफोर अभियानबाट