नेकपा विप्लव समूहविरुद्ध देशब्यापी ‘सर्च एन्ड एरेस्ट अपरेसन’ तीव्र

युद्धको जवाफ युद्धले दिने बिप्लवको चेतावनी सँगै गृहयुद्धको खतरा बढ्यो ।


काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिबिधीमाथि प्रतिबन्ध लगाउदै नेपाल प्रहरीलाई सो समूहविरुद्ध ‘सर्च एन्ड एरेस्ट अपरेसन’लाई तिब्र्रता दिन लगाएको छ । नेपाल प्रहरीले देशभर आन्तरिक सर्कुलर जारी गर्दै विप्लव समूहका नेता–कार्यकर्ताको खोजी गर्दै घेराहाली पक्राउ गर्न निर्देशन दिइएको हो ।
सरकारले फागुन २८ गतेको मन्त्रीपरिषद् बैठकबाट विप्लव समूह भनेर चिनिने नेपाल कम्युनिष्ट पार्टी नामको समूहद्वारा सञ्चालन गरिने गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संलग्न हुने वा संलग्न हुने वा सहयोग र्पुयाउने व्यक्ति, संस्था वा समूहलाई आपराधिक तथा विध्वंशकारी समूह घोषणा गरी प्रचलित कानुन बमोजिम कारवाही गरिने निर्णय गरेको थियो।
सरकारको निर्देशन पाएसँगै प्रहरीले प्रतिबन्धित नेकपाका पोलिटब्युरो सदस्य जिवन्त, स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीसहित दर्जनौं नेता कार्यकर्तालाई गिरफ्तार गरिसकेको छ । अरु थुर्पै नेताहरुको गिरफ्तारीको लागी हजारौंको सख्याँमा सादा पोशाकका प्रहरी परिचालन गरिएको पाईएको छ । प्रहरी प्रवक्ता एसएसपी उत्तमकुमार सुवेदीका अनुसार विप्लव समूहका सबै प्रकारका गतिविधिमाथि निगरानी बढाइएको छ । उनीहरुका नेता कार्यकर्तालाई जहाँ भेट्यो त्यँहि गिरफ्तार गर्ने र भाग्न खोजे गोली हान्ने सम्मको अधिकार सरकारले प्रहरीलाई दिईएको छ । नेपाल प्रहरीका प्रवक्ता सुवेदीका अनुसार पछिल्लो एक महिनामा मात्रै विप्लव समूहका १ सय ४६ जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये १२५ जनामाथि अनुसन्धान सुरु गरिएको छ । यो अवधिमा विभिन्न स्थानबाट हतियार, विष्फोटक पदार्थ पनि बरामद भएको एसएसपी सुवेदीले बताए ।
गृहप्रशासनले शसस्त्र र राष्ट्रिय अनुसन्धान बिभागलाई समेत बिप्लब बिरुद्ध सक्रिय गराईसकेको छ । प्रधानमन्त्री केपी ओलीले दिएको ३५ दिने अल्टिमेटम अगाडी नै बिप्लब समूहलाई खोजी गरि घेरा हाल्दै समाउदै कम्जोर बनाउने रणनितीमा सरकार रहेको देखिन्छ । केही कार्यकर्तालाई नै प्रयोग गर्दै र कतिपय स्थानिय कार्यकर्तालाई बेवास्ता गरेको जस्तै गरी छाड्ने र उनिहरुको पिछा गर्दै मुख्य नेतृत्वलाई समाउने कम घनत्वको युद्धनिती समेत सरकारले अख्तियार गरेको प्रष्ट देखिन्छ । यसरी सरकार जसरी पनि बल प्रयोगबाटै सके सखापै बनाउने नसकेपनि मुख्य नेतृत्वहरुको समुह र सक्रिय कार्यकर्ताको ठुलो समूहलाई जेलमा राखि बिप्लबलाई घुडाँ टेकाउदै बार्तामा ल्याउने कसरत गरिरहेको छ ।
यता, पार्टीमाथी प्रतिबन्ध र सरकारी धरपकड बढेसँगै नेकपा बिप्लब समूहका सबै नेता कार्यकर्ता भुमिगत भईसकेका छन् । भुमिगत रुपमा उनीहरुले सरकार बिरुद्ध जनमत निर्माणको अभियान सञ्चालन गरेका छन् ।
सरकारले पार्टीलाई प्रतिबन्ध लगाउँदै आफ्ना नेता तथा कार्यकर्ताहरु पक्राउ गर्न थालेपछि विप्लव समूहले पनि सरकारविरुद्ध उत्रने चेतावनी दिएको छ ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले चैत महिनाभित्र विप्लव समूहका सबै नेता कार्यकर्तालाई जेल हाल्ने रणनीति बनाएको भन्दै आफ्नो पार्टीको संसदीय दलको बैठकमा जानकारी गराएको केही घण्टामै उक्त प्रतिबन्धित नेकपाले यस्तो चेतावनी दिएको हो ।
सरकारले पार्टीमाथि प्रतिबन्ध लगाएर नेता कार्यकर्ताहरु गिरफ्तार गर्न थालेपछि त्यसका विरुद्ध नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कडा प्रतिक्रिया दिएका छन् । विप्लवले सोमबार साँझ प्रेस विज्ञप्ती जारी गर्दै सरकारले देशलाई गृहयुद्ध र द्वन्द्वतिर धकेल्न खोजेको बताएका छन् ।
आफ्ना पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीसहित थुप्रै नेता कार्यकर्ता गिरफ्तार गरिएको र पार्टीलाई शान्तिपूर्ण कार्यक्रम पनि गर्न प्रतिबन्ध लगाएको भन्दै त्यसका विरुद्ध चरणबद्ध संघर्षका कार्यक्रम घोषणा नेकपाले गरेको छ । महासचिव विप्लवले विज्ञप्तिमा भनेका छन् ।, “प्रतिबन्ध नहटाएमा र शान्तिपूर्ण कार्यक्रम गर्न नदिएमा केपी वली सरकारका कार्यक्रमहरूविरुद्ध प्रतिबन्ध र आमहडतालको तयारी गर्ने भनिएको छ ।”
चरणबद्ध संर्घषमा बिप्लब समूह
बिप्लब समुह सरकार बिरुद्ध चरणबद्ध संघर्षका कार्यक्रमा उत्रिएको छ । कार्यक्रम अनुसार चैत १६ गते शनिबार नेकपाले नेपाल बन्दको घोषणा गरेको छ । विज्ञप्तिमा भनिएको छ, केपी वलीको फासिवादी सरकारले देशभित्र द्वन्द्व लादेर विदेशी लगानी भित्र्याउने हावादारी प्रचार गरिरहेको छ । यो कुनै सत्य नभएर विदेशी लगानीकर्ताहरूको पैसामा दलाली गर्ने र जनतामाथि लूट थोपर्ने नाटक मात्र हो भन्ने स्पष्ट गर्दछौँ । विज्ञप्ति मार्फत विप्लवले सरकारले देशमा फासिवाद र निरंकुशतन्त्र थोपरेको भन्दै त्यसका विरुद्ध उत्रेर प्रतिरोध गर्न सबै देशभक्त, वामपन्थी, लोकतन्त्रवादी, कम्युनिस्ट, विभिन्न क्षेत्रका उद्योगी–व्यवसायी र आमजनतालाई आह्वान गरेका छन् । साथै विज्ञप्तिमा पहिलो चरणमा चैत २४ सम्मको संघर्षका कार्यक्रम घोषणा गरिएको छ । चैत २४ गतेसम्मको घोषित संघर्षका कार्यक्रम अनुसार चैत १३ गते देशभर चोक जुलुस, चैत १४ गते देशभर कोणसभा, चैत १५ गते मशाल जुलुस, चैत १६ गते शनिबार नेपाल बन्द, चैत १९ देशभर अन्तरक्रिया, चैत २१ जनवर्गीय सङ्गठनका विरोध प्रदर्शन, चैत २२ र २३ गते कालो झन्डा प्रदर्शन, चैत २४ देशव्यापी जनप्रदर्शन र जनसभा गर्ने बताइएको छ ।
यसैबिच, सोमबारमात्रै विप्लव समूहले कालीकोटमा प्रहरी भ्यानमाथि विष्फोटको प्रयास गरेको थियो ।
यसरी सरकार र बिद्रोही दुबै पक्ष कठोर बन्दै जादाँ देशमा गृहयुद्धको कालो बादल मडारिएको आम सर्बसाधरणले महशुस गरिहेका छन् । हामी जनताको तर्फबाट सरकार र बिद्रोही दुबै पक्षलाई बार्ता र संवादमार्फत सबै समस्याको हल गर्न जोडदार माग गर्दछौं । गृहयुद्ध अब देशले धान्न सक्दैन् । जनताको निम्ती राजनिती गरेको भन्न रुचाउने सत्तापक्ष र बिद्रोही दुबैपक्ष देश र जनताको हितको निम्ती शान्तीपूर्ण बार्ताबाटै सबै समस्याको हल खोज्न लागुन । यस्को निम्ती बताबरण बनोस हाम्रो यहि कामना छ ।
                                                                                                                                                                                                                            भण्डाफोर अभियानबाट