भरतपुर महानगरमा बेरोजगार ब्यक्तिले अब काम र भत्ता पाउने !

चितवन । भरतपुर महानगरपालिकाले महानगरमा बेरोजगार ब्यक्तिलाई अब काम र भत्ता दिईने भएको छ । महानगरभित्र स्थायी बसोवास भएका १८ देखी ५९ बर्ष उमेर समुहका बेरोजगार ब्यक्तिहरुलाई काम र भत्तको लागी निवेदन दिनको लागी महानगरले आह्वान समेत गरिसकेको छ ।
महानगरपालिकाले आईतबार एक सार्वजनिक सुचना जारी गर्दै यस्तो आह्वान गरेको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले संघीय सरकारले अघि सारेको प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागी वेरोजगार ब्यक्तीहरुलाई सय दिनको काम र भत्ता उपलब्ध गराउन निवेदन आह्वान गरिएको बताएका छन ्।
महानगरले जारी गरेको संरचनामा स्थानीय तह माताहत रहेका रोजगार सेवा केन्द्रको समन्वयमा प्रदान गरिने एक सय दिन बराबरको न्युनतम रोजगारीमा संलग्न भई सार्वजनिक बिकास निर्माणको काममा योगदान गर्न ईच्छुक बेरोजगार ब्यक्तिलाई सम्वन्धित वडा कार्यालयमा निवेदन दिन भनिएको छ ।
निवेदन दिने म्याद चैत मसान्त सम्म तोकिएको छ । निवेदन फारम सम्वन्धित वडा कार्यालयवाट उपलब्ध हुने महानगरपालिकाले जनाएको छ । अहिलेलाई तथ्याकं एवम् विवरण संकलनको काम हुने र आगामी आर्थिक बर्षवाट कार्यान्वयन हुने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले चितवन जानकारी दिएका छन् ।