भरतपुर महोत्सवमा आयोजक र व्यापारी विवाद बढ्दै

भरतपुर । युवा समाज भरतपुरले आयोजना गरेको पाँचौँ भरतपुर महोत्सवमा आयोजक र व्यापारीबीच विवाद बढ्दै गएको छ । चैत ३ गतेदेखि १३ गतेसम्मका लागि जारी महोत्सवमा व्यापार नै नभएपछि व्यापारीले आफूहरु घर फर्किन पाउनुपर्ने भन्दै व्यावसायिक स्टल नै बन्द गरेर बसेका छन् । चौँथोे दिनसम्म पनि व्यापार शून्य भएपछि भाडा तिर्न नसक्ने भन्दै आफूहरु महोत्सवमा बस्नुभन्दा घर फर्किन उचित रहेको उनीहरुको भनाइ छ ।

घर फर्कन चाहे पनि आयोजकले पूरा भाडा नतिरी जान नदिने बताएपछि आफूहरु समस्यामा परेको प्रदर्शक जीतबहादुर सुर्खेतीको भनाइ छ । ‘हामीलाई जान दिनोस् भन्दा पूरै भाडा तिरेरमात्रै जाऊ भन्छ’, उनले भने, ‘घाटा सहेर बस्न सकिन्न भन्दा प्रशासन लगाएरै भए पनि पूरै भाडा असुल्छौँ भनेर धम्की दिएको छ । आफैँ त उल्टै गोजीबाट पैसा निकालेर खाना खानुपर्ने बेला पूरै भाडा कसरी तिर्न सक्नु रु’

एउटा स्टलबापत् १८ हजार रूपैयाँ भाडा दिनुपर्ने सम्झौताअनुसार महोत्सवमा स्टल राखिएको उनको भनाइ छ । तर, १० दिनसम्म बस्दा भाडा पनि उठ्ने सम्भावना नदेखिएको भन्दै सबै व्यापारी महोत्सवबाट बाहिरिन चाहेको उनले बताए । आयोजकले प्रचारप्रसार नगर्दा त्यसको असर व्यापारीले झेल्नु परेको उनको भनाइ छ ।

प्रचारप्रसार भएको छ : आयोजक

आयोजक संस्था युवा समाज भरतपुरले भने प्रवद्र्धकहरुले आयोजकसँग गरेको सम्झौता तोड्न नमिल्ने बताएको छ । ‘कि त महोत्सवमा आउनै भएन, कि त सम्झौताअनुसार पूरा भाडा तिरेर जानुप¥यो’, युवा समाज भरतपुरका अध्यक्ष एवम् महोत्सव मूल आयोजक समितिका संयोजक असीम भट्टराईले भने । सुरूको दिन भएकोले सोचेजस्तो व्यापार नभएको हुनसक्ने उनले अड्कल गरे ।

‘महोत्सव सुरू भएको एक–दुई दिनमा त कहाँ सोचेजस्तो व्यापार हुन्छ र रु’ उनले थपे, अझै एक हप्ता बाँकी छ, त्यसैले बिस्तारै दर्शकको चाप बढ्छ भन्ने कुरा त प्रवद्र्धकले बुझ्नुप¥यो नि ।’

बिहीबारसम्ममा १५ हजारभन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेको उनले दाबी गरे । तर, प्रवद्र्धक भने दर्शक नै महोत्सव हेर्न नआएकोले व्यापारै नभएको बताउँछन् । यही विषयमा विवाद हुँदा मंगलबार आयोजक र प्रवद्र्धकबीचमा मनमुटाव भएको थियो । चितवन पोष्टबाट