देवचुलि नगरिमा थप एक पर्यटकीय गन्तव्य

समृद्धि को ठोका खुल्छ :अध्यक्ष भण्डारी


३ चैत , नवलपुर/देवचुली नगरपालिका वडा न १ तल्लो केउरानिमा झण्डै ६५ घर वोटे माझी रहेका छन् । दैनिक जसो माछा मार्ने , निहुरो टिप्ने यिनिहरुको दिनचर्या नै हो । हालै मात्र चितवन राष्ट्रिय निकुञ्ज , शिसवार मध्यवर्ती उपभोक्ता समितिले ४ दिनको होम स्टे व्यवस्थापन र सञ्चालन तालिम दिई सकेपछि दिनचर्या फेरिन थालेको छ । चैत २ शनिबार का दिन बृहत् आम भेलाको आयोजना गरिएको भेलामा यश क्षेत्रमा रहेका सरोकारवाला निकाय , सामजिक संघ सस्था , वडा कार्यालय , सहकारी शिसवार मध्यवर्ती उपभोक्ता समिति, स्थानिय वुद्दिजिवि आदिको उपस्थिति रहेको थियो । भेलाले प्रस्तावित नाम र तदर्समिति समेत गठन गरेको छ । तदर्थ समितिको अध्यक्षमा दल वहादुर वोटे र शिसवार वोटे माझी सामुदायिक होम स्टे नामााकरण गरिएको छ ।
मुलुकमै अल्पसंख्यक जातिको रुपमा रहेको माझी, वोटे को परम्परागत पेशा लाई विस्तारै छाड्दै पर्यटन व्यवसाय लाई अगालि दिगो जिविकोपार्जन गर्ने संकल्प गरेका छन् । सुरवातमा ११ घरवाट सुरु गरि पछि घरहरु विस्तार गरिने वताउनुहुन्छ दिव्यज्योति कृषि सहकारिका अध्यक्ष वावुराम माझी । केहिले चौधरि उद्योग मा जागिर , ज्यालामजदुरि गरेपनि अधिकांश बेरोजगार छन् ।
पर्यटन अभियान्ता नेत्र बहादुर पाण्डे का अनुसार राज्यले सन २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा लिई बीस लाख विदेशि पर्यटक नेपाल भित्र्याउने लक्ष्यमा यश होम स्टेले पनि सहयोग हुने र ३ वर्ष भित्रमा नेपालकै एकमात्र नमुना होम स्टे वन्ने जिकिर गर्नुभयो । निकुञ्ज भित्र पस्न रोकिने तथा मानव र वन्यजन्तुको द्वन्द कम हुने , आर्थिक उपार्जन सजिलै हुने हुदा होम स्टेमा लाग्नै पर्ने वताउनुहुन्छ शिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष लिलाधर अधिकारी ।
कार्यक्रमको प्रमुख अतिथि रहनुभएको देवचुलि नगरपालिका वडा नं १ का वडा अध्यक्ष लक्ष्मणराज भण्डारी भन्नुहुन्छ कि हिजोको दिनमा जे गरियो आज अवस्था वेला फेरिएको छ , सुखि नेपाली र समृद्ध नेपाल को अभियान राष्ट्रिय नारा वनिरहदा अव वन्ने होम स्टेले यहाको समृद्धिको ढोका खुलेको छ यसैमा प्रतिवद्द भएर लाग्न समेत आग्रह गर्नुभएको थियो । कार्यक्रममा विभिन्न उप समितिहरु वनाई दुर्त गतिमा कार्य अगाडि वढाईने जानकारि दिनुभएको थियो ।