कावासोतीमा ट्रक दुर्घटनाः एकको घटनास्थलमै मृत्यु

दुईको अवस्था पनि गम्भिर

कावासोती,चैत ३/नवलपुरको कावासोतीमा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २ जना गम्भिर घाईते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्तर्गत कावासोतीको खरकट्टा जंगलमा आज विहान २ बजे दुई ट्रक एक आपसमा ठक्कर खादा दाङ घर भएका अनराम राखलको घटनास्थलमै मृत्यु भएको हो ।

उनको सोहि ट्रकमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । पुर्वबाट पश्चिमतर्फ जादै गरेको ना ७ ख १०९९ नंबरको ट्रक र सोहि दिशाततर्फ जादै गरेको ना ६ ख ११९४ नंबरको ट्रक ठक्कर खादा दाङकै सुदिप राई र सोहि ठाँउका विनोद लामा गम्भिर घाईते भएका छन् ।

उनिहरुलाई उपचारका लागि चितवनको भरतपुर ल्याइएको छ भने मृतकलाई परिक्षणका लागि दुम्कौली स्वास्थ्य केन्द्र देवचुलीमा राखिएको प्रहरीले जनाएको छ ।