अध्यक्ष प्रचण्ड आज अमेरिका जाँदै

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज अमेरिका जाँदैछन् । पत्नी सीता दाहालको उपचारका लागि उनी आजै साझँ अमेरिका प्रस्थान गर्ने भएका हुन् ।
उनीसँगै छोरीज्वाइँ गंगा र जीवन आचार्य पनि रहने पार्टी किट स्रोतले बताएको छ ।

पार्किन्सन रोगबाट ग्रसित सीता दाहाललाई सुगर र उच्च रक्तचापको समस्या पनि छ । छोरा प्रकाशको गत वर्ष निधन भएपछि सीता थप बिरामी परेकी हुन्।