बागमतीमा साढे चार अर्ब कुम्ल्याउने प्रपञ्चः नदी बगेको क्षेत्रको पनि मुआब्जा

 

DIGITAL CAMERA

काठमाडौं/भूमाफिया र शक्ति दलाल समूहको प्रभावमा परेर राज्यलाई साढे चार अर्ब रुपैयाँ व्ययभार पर्ने गरी बागमती नदी बगेको क्षेत्रको पनि मुआब्जा दिन प्रपञ्च भएको पाइएको छ ।

राजनीतिक नेतृत्व, कर्मचारी र भूमाफियाको मिलेमतोमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी सहरी विकास मन्त्रालयसमक्ष सिफारिस गरेको छ । यही समितिअन्तर्गत बागमती विकास आयोजना सञ्चालित छ ।

मुआब्जा दिन सिफारिस गरिएको गोकर्णेश्वरदेखि गुह्येश्वारीसम्मको जमिनमा अहिले बागमतीको पानी बगिरहेको छ । उक्त क्षेत्र काठमाडौं महानगपालिका वडा ६, ८ र ९ गोकर्णेश्वर र कागेश्वरी नगरपालिकामा पर्छ ।

नदीको दुवैतर्फ सडक निर्माण गर्दा मुआब्जा दिएको समितिले अहिले जग्गा नाप जाँच ऐन २०१९ र जग्गा नापजाँच निमावली २०५८ विपरीत मुआब्जा दिन सिफारिस गरेको हो । कान्तिपुरबाट