भरतपुर बिमानस्थलमा यात्रुहरुको सामाग्री जाँच गर्ने नयाँ मेसिन भित्रीयो

 हातले छामेर जाँच गर्नुपर्ने बाध्यता हट्ने ।

चितवन , १ चैत । चितवनको भरतपुर बिमानस्थलमा यात्रुहरुको सामाग्री ९लगेज० लाई अब सुरक्षा निकायले हातले छामेर जाँच गर्नुपर्ने बाध्यता हट्ने भएको छ । विमानस्थलमा एक्स(रे मेशिन नहुँदा बिमानस्थलमा खटिएका सुरक्षा कर्मचारी आफैंले सामान चेकजाँच गर्दैआएकोमा अब भने,यात्रुले लिएर आएका लगेजका सामाग्रीहरुलाई मेशिनले जाँच गर्ने भएको छ ।

नयाँ एक्स(रे मेशिन ल्याइए संँगै सुरक्षा निकायलाई अब भने सहज हुने बिमानस्थलका सुचना अधिकारी दीपक बिश्वकर्माले बताए । बिश्वकर्माका अनुसार झन्डै ९० लाख रुपैयाँ बराबरको लागतमा नागरिक उड्यान प्राधिकरणले भित्र्याइएको उक्त मेशिन हवाई यात्रामा प्रतिवन्धित तथा अवैद्य बस्तुहरु मेशिनले पहिचान गर्ने भएको छ ।