सरकारले दियो हतियार बुझाउने ३५ दिने अल्टीमेटमः के बिप्लबले हतियार बुझाउलान त् ?

देशमा फेरी युद्धको नगरा बज्दैं

                                                                                               चैत्र १ । काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई आफूसँग भएका हातहतियार ३५ दिनभित्र बुझाउन समयसीमा दिईसकेको छ । मन्त्रिपरिषद्का पछिल्ला निर्णय सार्वजनिक गर्दै हिजो बिहिबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले बिप्लब समूहलाई हतियार बुझाउन समयसिमा तोकेको स्पष्ट पारेका हुन् ।
सो समूहले आपराधिक र हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले उसका त्यस्ता गतिविधिहरुमाथी प्रतिबन्ध लगाउने निर्णय गरेको उनले स्पष्ट पारेको उनले भने । सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बाँस्कोटाले भने, बार्ता र संवादका लागि रातो कार्पेट ओछ्याएरै बिन्ती गर्छौं तर उहाँहरूको अडान हेर्दा त्यस्तो देखिएन र सरकार यो निर्णयमा पुगेको हो ।”                   बिष्लेषण
यता, नेकपा बिप्लव समूहका एक प्रभावशाली नेताले सरकारले प्रतिबन्द लगाई दमन र धरपकड गरिसकेको अवस्थामा बार्ताको कुनै गुन्जायस नरहेको बताए । भण्डाफोर अभियान सँग कुरा गर्दै ति नेताले भने बन्दुक देखाएर छलफलमा आउ भनेको आत्मसर्मपर्ण गर भनेको हो । हामी प्रचण्ड बादल होईनौ, कदापी त्यस्तो गद्धारी गर्न सक्दैनौ । उनले अगाडी थपे के यहि भयाभव अवस्था ल्याउन के हिजो जनयुद्ध गरिएको थियो ? जनयुद्धका एजेण्डाहरु छाडेर १७ हजार जनताको रगतमाथी होली खेल्ने प्रचण्ड बादल र लुटेरा केपी सरकारसँग कुनै बार्ता नहुने बरु देशभक्त जनता, सेना र अन्य पक्षसँग बार्ता गर्छौं उनले भने । एक प्रश्नमा उनले भने हामी जनताको लागी एकिकृत क्रान्तिको योजनामा छौं मुलत यो राजनितीक अभियान हो तर सरकार दमनमा उत्रिएमा ईटको जवाफ पत्थरले दिनेछौं । फौंजी दमनमा उत्रिएमा फौंजी रुपमै भिड्नेछौं जनताको तागत देखाईदिन्छौ उनले थपे । बिप्लव र प्रकाण्डको बिचमा दरार छ भनिन्छ नी के हो सत्यता भन्ने अर्को एक प्रश्नमा यो प्रतिक्रियाबादी सत्ताको जनतालाई भ्रमित बनाउने षडयन्त्र हो, जुन डेटएक्स्पायर औषधी जस्तै हो जनताले कुरा बुझिसकेका छन् । उनले भने ।
यसरी, सरकार पक्ष र बिद्रोही पक्ष दुबैका अडान र कुरा हेर्दा न त् तत्काल बार्ताको सम्भावना देखिन्छ । न त् बिप्लब समूहले हतियार बुझाउने सम्भावना छ । छ त् अब दुबैपक्ष एकआपसमा भिडन्तको निम्ती आमने सामने तम्तयारी अवस्थामा रहेको पुर्बआभास हुन्छ । सरकारको ३५ दिने अल्टिमेटम त् दुबैपक्षको ले आक्रमण र प्रत्याक्रमणको लागी पुर्बतयारीको अवस्था देखिन्छ । यस घटनाले देश पुनं ः हिसा र गृहयुद्धमा फस्ने खतरा मात्र बढेर गएको छ । देशलाई अनन्त युद्ध र हिंसा प्रतिहिंसा होईन शान्ती र सुसासन चाहिएको छ । सरकार र बिद्रोही दुबै पक्ष संयमित हुनुपर्ने देखिन्छ, यस्को लागी नागरिक अभियान जरुरी देखिन्छ ।