तोकेको पारिश्रमिक लागू गर्न प्रेस युनियनद्वारा सरकारलाई ज्ञापनपत्र ।

Go”gtd kfl/>lds nfu” ug{ g]kfn k|]; o’lgog lrtjg zfvfn] ;Íng u/]sf] x:tfIf/ a’waf/ k|d’v lhNnf clwsf/L hLt]Gb| a:g]tdfkm{t k|wfgdGqLnfO{ k7fO{Fb} . t:jL/ M gf/fo0f clwsf/L, lrtjg÷/f;;


चितवन, २९ फागुन । सरकारले तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयनमा ल्याउनुपर्ने माग गर्दै नेपाल प्रेस युनियन चितवन शाखाले बुधबार प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

न्यूनतम पारिश्रमिक बढाउन दबाब दिने उद्देश्यले एक महिना अगाडि पनि पत्रकारहरुको हस्ताक्षर संकलन गरेका युनियनले बुधबार ज्ञापनपत्र बुझाउदै कार्तिक १ गतेदेखि श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक वृद्धि गरेको भए पनि सञ्चार माध्यमहरुले त्यसलाई कार्यान्वयन नगरेको भन्दै तत्काल कार्यान्वयनमा ल्याउन माग गरेका छन् ।