विप्लव समूहमाथी सरकारले लगायो प्रतिबन्ध

गृहयुद्ध भड्कने खतरा बढयो

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूह भनी चिनिने नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० नामको समूहलाई सरकारले अपराधिक संगठन ठहर गर्दै प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहलाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।
राज्यले वार्तामा बोलाउँदा समेत नआएपछि सरकारले विप्लव नेतृत्वको समूहलाई प्रतिबन्ध लगाएको स्रोतले जनाएको छ । यससँगै देशमा गृहयुद्धको खतरा बढेर गएको छ । बिखण्डनबादी सिकेलाई अंगाल्दै बिप्लबलाई प्रतिबन्ध लगाउने सरकारको शैलीलाई हेर्दा हतियारको कमिशनको खेलमा लागी कतिपय सरकारी अधिकारीहरु नै गृहयुद्ध भडकाउन लागेको नेकपा बिप्लब बिप्लब समूहको प्रतिक्रया छ ।