लम्जुङ आमा समूह युकेद्वारा धुर्मुस सुन्तली फाउन्डेसनलाई ६ लाख ५५ हजार ८५० रुपैयाँ आर्थिक सहयोग । (भिडियो सहित)

चितवन , २८ फागुन । लम्जुङ आमा समूह युकेले धुर्मुस सुन्तली फाउन्डेसनलाई झन्डै ६ लाख ५५ हजार ८५० रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

गत सेप्टेम्बर ८ मा आयोजना गरिएको ‘दोश्रो रमाइलो साँझ’ बाट संकलित रकम आमा समुह संस्थाका अध्यक्ष जुना गुरुङ, उपाध्यक्ष माला घले सहित उनका श्रीमान, आमा, मामासहितको उपस्थितिमा
फाउण्डेसनलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

सहयोग हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष गुरुङले सिताराम कट्टेल ९धुर्मुस० र कुञ्जना घिमिरे ९सुन्तली० लाई भेट्न पाउदा आफूहरुलाइ निक्कै खुशी भएको बताए । सो, अवसरमा बोल्दै संस्थाका अध्यक्ष गुरुङले नेपालमा गएको भुकम्प र त्यसपछि गरेको उद्वार साथै , पछिल्लो समय चितवनमा निर्माण हुन लागिरहेको अन्तर्राष्ट्रिय क्रीकेट रंगशालाको कामको लागी धुर्मुस ( सुन्तली फाउन्डेसन खोलेर देखाउनुभएको कामबाट आफूहरु निक्कै प्रभावित भइ केही सहयोग गरौं भन्ने जोश जांँगर आएकोले धुर्मुस सुन्तली फाउन्डेसनलाई सबै मिलेर केही रकम सहयोग गरेको बताए । साथै, उनले धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्न हात अघि सार्ने युकेका अन्य पदाधिकारीलाइ समेत धन्यवाद दिइन् । त्यस्तै, फाउन्डेसनले ४ वटा बस्ती र नमुना नेपाल सहितको भावी लक्ष्य क्रीकेट रंगशालाको निर्माणकार्य सफलतापुर्वक सम्पन्न होस् भनी शुभकामना समेत दिएकी थिइन् । आमा समूहका उपाध्यक्ष माला घलेले फाउन्डेसनलाई जति सकिन्छ , त्यति थोरै भए पनि सहयोग गर्न सबैलाई आग्रह गरेकी थिइन् ।

यता, सहयोग हस्तान्तरण कार्यक्रममा सहयोग लिँदै फाउण्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ ले धुर्मुस सुन्तलीद्वारा निर्माणाधीन क्रीकेट रंगशालाको लागी सहयोग गर्नुहुने आमा समूह युकेलाई बिशेष गरी धन्यवाद ज्ञापन गरेकी थिइन् । उनले ‘यो सहयोग मात्रै नभइ, नारी एकता, नारी सशक्ततीिकरण पनि भएको बताइन् । अर्काको देशमा बसेर आफ्नो ठाउँ, आफ्नो देशलाई चिनाउन र कुनै पनि नारीलाई दुस्ख पर्दा सहयोग गर्ने संगठित संस्था लम्जुङ आमा समूहको यो कामले आफैं पनि नारी भएको हिसाबले निकै खुसी भएको घिमिरेको भनाइ थियो । त्यस्तै, उनले जहाँ नारीलाई दुस्ख हुन्छ, बिपत्तिको सामना गर्नुपर्छ, त्यहाँ आमा समूह सक्रिय भएर लाग्न समेत जोड दिइन् । आमा समुहको सहयोगले कुनै पनि नारी कमजोर नरहेको र मैले पनि केही गर्न सक्छु भन्ने तथ्यलाई समेत उजागर गरेको घिमिरे बताउँछिन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै सिताराम कट्टेल धुर्मुसले फाउन्डेसनलाई सहयोग गर्न सबैमा आग्रह गरे । जति सकिन्छ आफ्नु तर्फबाट सहयोग गरी रंगशाला निर्माणकार्यमा सहयोग पुर्‍याउनुहुन उनले सबैमा आग्रह गरेका थिए ।