हिमपातका कारण खान नपाएर मुस्ताङमा १४ सय पशु मरे

मुस्ताङ/झन्डै डेढ महिना परेको हिमपातका किारण पशु मरेपछि हिमाली जिल्ला मुस्ताङमा किसानले करोडौँ रुपैयाँ बराबरको क्षति बेहोर्नु परेको छ ।
यो समाचार सन्तोष पोखरेल र सुशीलबाबु थकालीले नागिरकमा लेखेका छन् ।
मुस्ताङका माथिल्लो भेग लोमान्थाङका किसानले पालेकामध्ये अहिलेसम्म झण्डै एक हजार चार सय पशु परेको भेटिएका छन् । अझै केही भागमा प्रहरीसमेत पुग्न सकेको छैन । क्षतिको विवरण आउन बाँकी छ । हिउँमा कति पशु पुरिएका छन् भन्ने यकिन भएको छैन ।
मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी विश्वेश्वर रेग्मीका अनुसार लोमान्थाङ गाउँपालिका ३, ४ र ५ मा मात्र अहिलेसम्म एक हजार चार सय पशु मरेको अवस्थामा भेटिएका छन् । लोमान्थाङ गाउँपालिका १ र २ मा क्षतिको विवरण आउन सकेको छैन । ती वडामा पनि सयौँको संख्यामा पशु् मरेको अनुमान गरिएको उनले बताए । किसानले निकै क्षति बेहोर्नु परेको छ । हिमपातले पशुपालनमा ठुलो नोक्सान पुrयाएको छ, रेग्मीले भने, लामो समयको हिमपातले गर्दा आहाराबिहीन भएका पशु भोकभोकै मरेका छन् ।