प्रहरी कर्मचारी इमान्दार बन्नुपर्छ : प्रहरी महानिरीक्षक खनाल ।

चितवन, २७ फागुन । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीलाई असल तरिकाले नागरिकको काम गर्न निर्देशन दिएका छन् ।

सोमबार चितवनको भरतपुरमा रहेको जुनियर प्रहरी अधिकृत शिक्षालयको नवनिर्मित प्रहरी व्यारेक भवनको उद्घाटन गर्दै महानिरीक्षक खनालले नेपाल प्रहरी सबैभन्दा पहिले असल, व्यवसायिक, निडर, निष्ठावान, इमानदार तथा निर्भिक हुनुपर्ने बताए ।

प्रहरीको बर्दी लगाईसकेपछि अपराध र अपराधीसँग भिड्न सक्ने गरी नियत साफ हुनुपर्नेमा खनालको थप भनाइ थियो । यस्तै, नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यातले भौतिक निर्माण गर्दै व्यवसायिक प्रहरी उत्पादनमा जोड दिएका थिए ।
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका निर्देशक प्रहरी नायब महानिरीक्षक महेन्द्रकुमार पोखरेललगायतले मन्तव्य राखेका थिए ।