राजतन्त्रवादीहरु सल्बलाउदैं, सरकार र दलहरुक किन मुकदर्शक ?

चितवन,फागुन २५/राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का केन्द्रिय नेताहरुले खुलमखुल्ला राजतन्त्रको वकालत गर्दै हिडेका छन् । आज शनिबार भरतपुरमा भरतपुरमा आयोजना गरिएको जिल्ला स्तरिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेताहरुले देशमा राजतन्त्रको खाँचो रहेको कुरामा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै राप्रपा संयुक्तका अध्यक्ष पशुपती शमशेर राणाले बहुदलिय प्रजातन्त्रमा राष्ट्रप्रमुखको सही भूमिका हुन नसकेको भन्दै बलियो राष्ट्रप्रमुखका लागि राजतन्त्र रोजेको बताएका हुन् ।

कम्युनिष्ट र काँग्रेस मिलेर देशलाई धर्मनिरपेक्ष बनाएको भन्दै राणले राजतन्त्रको लागी आफुहरु देशब्यापी अभियानमा लागेको खुलासा गरेका हुन । देशको संविधानमा प्रतिबद्ध रहेको भन्दै उनले कार्यान्वयनमा सरकारलाई सघाउने समेत बताएका छन । २०४७ सालपछिको सबैभन्दा बलियो सरकारले जनताको पक्षमा काम गर्न नसकेको अध्यक्ष राणाले आरोप लगाए ।

अर्का अध्यक्ष डा। प्रकाशचन्द्र लोहनीले सरकारले गफ धेरै काम थोरै गरेको भन्दै काँग्रेस लुते भएर गइसकेको र कम्युनिष्ट भ्यागुतो फुलेजस्तो फुल्दै गइरहेको ब्यगं गरेका थिए । लुते काँग्रेसले केही गर्न सक्दैन । फुल्दै गएको भ्यागुतोको दम्भ बढ्दै गइरहेको छ,उनले भने।

कम्युनिष्टको सरकारले प्रजातन्त्र मास्ने मेसोमा लागेका कारण जनता निराश भएको उनको कथन थियो । ।
यस्तै पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले विदेशीको इसारामा पार्टी पटक–पटक विभाजन हुँदा गलत व्याक्तिले फाइदा लिएको बताएका थिए। उनले जनता र राष्ट्रका हितमा काम गर्न पार्टी एकिकरण गरेको बताए । यस्तै महामन्त्री सुनिल बहादुर थापाले नीति र सिद्धान्तमा चुकेका कारण जनताले पार्टीलाई विश्वास नगरेको बताए। पार्टी एकता सुनौलो अवसर भएको भन्दै उनले यसलाई जनतासम्म लैजानुपर्नेमा जोड दिदै राजतन्त्र ब्युँताउन जनता उठनुपर्ने बताएका थिए ।
राप्रापा (संयुक्तले) देशब्यापी खुलमखुल्ला राजतन्त्र ल्याउने कुरा गर्नु र सरकारकले यस बिषयमा मुकर्दशक बस्नुले कतै भित्रभित्रै राजतन्त्र ल्याउने खेल त् भईरहेको छैन भन्ने आम आंशका बढदै जान थालेको छ ।