गिटी कुटेर जिउन बाध्य महिलालाई थाहा छैन नारी दिवस

रुकुम – दिनभर गिठ्ठी कुटेर आफ्ना बालबच्चा पालीरहेकी रुकुम पश्चिम त्रिबेणी गाँउपालिका ३ की बिना बादीलाई अन्तर्राष्ट्रिय महिला दिवसबारे थाहा छ नत कुनै राज्यका औपचारिक कार्यक्रम । ७ वर्ष पहिला श्रीमान गंगाराम अर्की श्रीमती लिएर भारत गएपछि छोरा छोरी र आफ्नो छाक टार्नका लागी पनि दिनभर यसरी गिठ्ठी कुट्न बाध्य छिन ।

छोराछोरीको पढाईको त कुरै छाडौं कसरी पाल्ने भन्ने चिन्ता मात्र उनीसँग छ । उनले १४ वर्षदेखी गिठ्ठी कुटिरहेकी छन् । चार सन्तानकी आमा भइसकेकी वीना दिनभर गिठ्ठी कुटेर साँझबिहानको छाकको जोहो गर्छिन् ।

बिना मात्र होइन त्रिबेणी १ कै मनकली परियार पनि दिनभर गिठ्ठी कुट्नमै व्यस्थ हुन्छिन् । मनकलीलाई कुनै दिवस र समारोहको पत्तै हुँदैन । आफ्नो हक अधिकारको पक्षमा कुन ठाँउमा के भइरहेको छ भन्ने कहिलै उनले थाहा पाइनन् ।

मनकलीलाई आफूले काम गरेको श्रमको मुल्य कति पाइरहेको छु भन्ने मात्र जानकारी छ । श्रम गरे अनुसार गिठ्ठीको मूल्य प्रति ट्याक्टर ५ हजार तथा प्रति कठ्ठा ७० रुपैयाँको दरले बिक्री गर्ने गरेको उनले बताइन् । उनले भनिन् “मलाई मेरो श्रमको मूल्य कसरी पाँउ भन्ने चिन्ता छ कुनै दिवसबारे मलाई थाहै छैन ।” यो समाचार धनवीर दाहालले नेपाल समाचार पत्रमा लेखेका छन्