सरकार–राउत सहमति : प्रधानमन्त्रीको निगरानीमा वार्ता

विखण्डनको गतिविधिमा संलग्न रहेको अभियोगमा थुनामा रहेका सीके राउत सर्वोच्च अदालतको आदेशबाट रिहा भएको भोलिपल्टै मूलधारको राजनीतिमा आएका छन् । सरकार र राउतबीच भएको सहमतिप्रति प्रधानमन्त्रीकै पार्टी नेकपाका नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् भने मधेसका नेता र बुद्धिजीवीहरूले सकारात्मक तरंग आएको बताएका छन् । यो समाचार आजको कान्तिपुरमा छ ।