ट्रेड युनियन काँग्रेस चितवनले ७३ औं स्थापना दिवस मनायो ।

प्रनिश थापा । चितवन, २१ फागुन । नेपाल ट्रेड युनियन काँग्रेस चितवनले आफ्नो ७३ औं स्थापना दिवस मंगलवार एक कार्यक्रम गरी मनाएको छ ।

तत्कालीन अवस्थामा बि।सं। २००३ साल फाल्गुण २१ गते नेपाल मजदुर संँघको नामबाट युनियनको स्थापना भएको थियो । स्थापना दिवसको अवसरमा ट्रेड
युनियनले भरतपुरमा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले वर्तमान सरकार मजदुर बिरोधी रहेको आरोप लगाएका छन् ।

कार्यक्रममा बोल्दै कांँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले दुई तिहाईको दम्भले मात्तिएको वर्तमान सरकारलाई ट्रेड युनियनले मात्रै तह लगाउन सक्ने धारणा राखेका थिए ।

बिगतमा राणा, पञ्चायत तथा राजालाई समेत ट्रेड युनियनले तह लगाएको स्मरण गर्दै धेरै दम्भ देखाए परिणाम राम्रो नहुने चेतावनी दिए । मजदुरको हक(हितका लागी पार्टीले कसैसँग सम्झौता नगर्ने स्पष्ट पर्दै श्रेष्ठले कुनै पनि शंंका नगर्न आग्रह गरे ।

कार्यक्रममा नेपाल ट्रेड युनियन काग्रेसका केन्द्रिय सदस्य लक्ष्मण भट्टराईले सबै ट्रेड युनियनकर्मीहरुलाई शुभकामना ब्यक्त राखेका थिए । कार्यक्रम्मा नेपाली काँग्रेस चितवनका सचिब राजिव न्यौपाने, कोषाध्यक्ष शंकर कंँडेल, जिल्ला सदस्य तथा ट्रेड युनियन बिभाग प्रमुख गणेश पौडेल, जिल्ला सदस्य देवकी गौतम, नेपाल ट्रेड युनियन काग्रेस ३ नं प्रदेशका अध्यक्ष धनश्याम चापागाईं, नेपाल ट्रेड युनियन काँग्रेस चितवनका पुर्व पदाधिकारी एवं सदस्य तथा मजदुरहरुको समेत उपस्थिती रहेको थियो ।

कार्यक्रम नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला अध्यक्ष हरिहर सापकोटाको अध्यक्षमा सम्पन्न भएको थियो । राणाकालमा मजदुरका माग पुरा गराउन बिराटनगर जुटमिलमा स्वस् गिरिजाप्रसाद कोईरालाको नेतृत्वमा भएको आम हड्तालले तत्कालीन शासकलाई झुक्न बाध्य पारेको थियो ।