Breaking News

बिप्लव निकट थारु मुक्ति मोर्चाद्धारा चितवनमा जग्गा कब्जा

सुर्य बराल / चितवन, फागुण ११ / बिप्लव निकट थारु मुक्ति मोर्चाले चितवनमा बिबादित जग्गाआफ्नो नियन्त्रणमा लिएको जनाएको छ । थारु मसक्ति मोर्था चितवनले जनाए अनुसार साविक बछौली–६ निवासी राजु चौधरीको एकाघर परिवारका नाममा रहेको, हाल रनपा –६ मा रहेको कि।न। ८। क २७० को जग्गा बिगाहा ०–१४–१ कि।न। ८ क २७१ को ०–२–६ र कि।न। ८ ग २४४ को ०–१२–१६ गरी जग्गा विगाहा १–९।३ क्षेत्रफल भएको जग्गा भूमाफिया टीका कंडेल र केशव लामिछाने तथा जग्गा दलालले जाल साजी गरी हडप्न खोजेको र चितवन जिल्ला न्यायिक समितिले दुवै पक्षलाई राखी छलफल गराई निर्णय गरिसकेको अवस्थामा सो निर्णयलाई वेवास्ता गरिएकोले उक्त जग्गाको सम्बन्धीत किसानले न्याय नपाएसम्म माथि उल्लेख गरिएको जग्गा राष्ट्रिय थारु मुक्ति मोर्चा नेपाल, चितवनले नियन्त्रणमा लिएको छ । उक्त नियन्त्रीत जग्गालाई कुनै व्यक्ति वा समूहलाई खरिद बिक्री र धितो स्वरुप केही नगर्न आग्रह गर्दछौं । चारु मुक्ति मोर्चाले भनेको छ । अगाडी मोर्चा भन्छ यदि वेवास्ता गरेको खण्डमा उत्पन्न परिस्थिति स्वयं जिम्मेवार पक्षले नै लिनेछ ।

sahid diwas