भारतीय दुताबासद्धारा सफलतालाई एम्बुलेन्स सहयोग ।

पोखरा ११ फाल्गुन / सफलता महिला कृषि सहकारी संस्था लिमिटेड पोखरा ७ मासवारलाई भारतीय दुताबासद्धारा अनुदान स्वरुप एम्बुलेन्स प्राप्त भएको छ । शनिबार एक कार्यक्रमका विच एम्बुलेन्स उद्घाटन गदै स्थानीय जेष्ठ नागरिक ८० वर्षिय पार्वती बरालले मासबारमा एम्बुलेन्स प्राप्त गरेर मानवीय सेवा गर्न पाउनु खुसीको कुरा रहेको बताउनुभयो । कार्यक्रममा जेष्ठ नागरिक मञ्च पोखरा ७ का अध्यक्ष डिल्लीराम बरालले मानवीय सेवामा सहकारी लागेकोमा खुसी व्यक्त गर्नुभयो । समाजसेवी महाकाली बरालले छोटो समयमा सहकारीले गरेको प्रगतिको प्रसशा गर्नुभयो । कार्यक्रममा जेष्ठ नागरिक योगमाया बराल, परिज्ञान राष्ट्रिय साप्ताहिकका प्रधान सम्पादक इश्वरी पौडेल, महिला विकासका लागी आमा समुहका अध्यक्ष मनमाया बराल, महिला क्लबका अध्यक्ष मिना आचार्य, संस्थाका सदस्य कमला बराल लगायतले बोल्नु भएको थियो । सफलता महिला कृषि सहकारी संस्थाका अध्यक्ष दुर्गा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष लक्ष्मी अधिकारीले राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव प्रमिला बरालले गर्नुभएको थियो । सहकारीमा अहिले १०३ जना सदस्यहरु रहेका छन् । संस्थाले कृषिमा आधारित विभिन्न उत्पादन गर्नुका साथै सामाजिक र महिला सशत्तीकरणको क्षेत्रमा कार्य गर्दै आएको छ ।