‘गो फण्ड मी’ मार्फत क्रिकेट रङ्गशालाका लागि आर्थिक सहयोग गर्न सकिने

चितवन / फागुन १०/ चितवनको भरतपुरमा बन्ने गौतमबुद्ध अन्तर्र्रािष्ट्रय क्रिकेट रङ्गशाला निर्माणका लागि ‘गो फन्ड मी’ मार्फत आर्थिक सहयोग गर्न सकिन् भएको छ । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले एउटा भिडियो सन्देश सार्बजनिक गर्दै देश बिदेशबाट ‘गो फन्ड मी’ मार्फत सहयोग गर्न सकिने बताएका हुन् ।
केही महिना अघि औपचारिक रुपमा निर्माण घोषणा गरिएको यो रङ्गशाला अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला नेपाली मौलिक शैलीमा निर्माण हुनेछ । रङ्गशाला निर्माणका लागि अहिले धुर्मुस–सुन्तली फाउन्डेसनले आर्थिक सहयोग संकलन गरिरहेको छ । फाउण्डेशनले कर्मचारीहरुको आवास र संचालनका लागि चिवनको रामपुरमा शाखा कार्यालय समेत संचालन गरिसकेको छ ।

बहुउद्देश्यीय यो रङ्गशाला निर्माणका लागि ३ अर्ब लाग्ने अनुमान गरिएको छ । चितवनको भरतपुरमा निर्माण हुने यो रङ्गशालाको लागी फिल्डको काम सुरु भईसकेको छ । फाउण्डेशनका अनुसार रङ्गशालामा क्रिकेट मात्र नभई नेपालमा खेलिने महत्वपुर्ण खेलहरु समेत यसमा खेल्न सकिनेछ । यो परियोजना शिलान्यास गरिएको २ बर्षमा सम्पन्न गर्ने फाउण्डेशनको लक्ष्य छ ।