भारतीय बसलाई चिनियाँ प्रमाणित नगर्दा सरुवामा परेँ : सचिव कृष्णप्रसाद देवकोटा

काठमाडौँ — भारतबाट ल्याइएका इलेक्ट्रिक बसलाई चीनबाट ल्याएको प्रमाणित गर्न नमान्दा सचिव कृष्णप्रसाद देवकोटाले आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सरुवामा परेको दाबी गरेका छन् ।
गत वर्ष मन्त्रालयमा सरुवा भएर आएका देवकोटालाई अहिले युवा तथा खेलकुद मन्त्रालयमा पठाइएको हो ।
मन्त्रालयमा बुधबार बिदाइ कार्यत्रममा देवकोटाले इलेक्ट्रिक बसको दबाब नमान्दा आफू सरुवामा परेको पर्यटनमन्त्री रवीन्द्र अधिकारीकै सामुन्ने बताएका हुन् । कसले दबाब दिएको भन्नेबारे उनले खुलाएनन् ।

सरकारले २ करोडमा खरिद गरेका बीवाईडी इलेक्ट्रिक बसलाई चीनबाट आयात गरिएको प्रमाणित नगरिदिएका कारण आफू सरुवामा परेको उनको भनाइ थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।