निशानको नयाँ गाडी ‘किक्स’ पोखरा बजारमा


पोखरा/ ६ फागुन / प्रिमियर मोटर्स प्रा.लि.पोखराले निशानको नयाँ गाडी ‘‘किक्स’’बजारमा ल्याएको छ । कम्पनीले नेपाली बजारमा किक्सले नयाँ उचाई पाउने दावी समेत गरेको छ । किक्सलाई मूल्य, ब्राण्ड र प्रिमियमनेशको हिसाबले ‘द इन्टिलिजेन्स एसयूभी’का रुपमा स्थापित हुने दावी प्रा.लि.का प्रबन्ध निर्देशक सिरोज विजय कोइरालाले गरे ।
सोमबार प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र प्रालिका प्रबन्ध निर्देशक कोइरालाले संयुक्त रुपमा किक्स गाडीको अनावरण गरे । सोमबार नै पाँचवटा किक्स गाडी बुकिङ समेत भएको प्रिमियर कम्पनीले जानकारी दिएको छ ।
किक्सको फराकिलो भित्री भाग र स्टाइलिष्ट बाहिरी आवरणले ग्राहकहरुलाई आकर्षित गर्ने विश्वास प्रिमियर कम्पनीको छ । उत्कृष्ट विशेषता सहित सुरक्षाको हिसावले अब्बल मानिएको किक्स गाडी नेपाली बजारमा ईन्टी लेभलको ४७ लाख ९९ हजारमा र टप लेभलको ५९ लाख ९९ हजारमा उपलब्ध भएको प्रशासकीय प्रमुख मोहन गिरीले जानकारी दिए ।
यस किक्स गाडीमा ८ इन्चको टचस्क्रिन जसलाई एन्ड्रोइड तथा एप्पल प्रणालीद्वारा संचालन गर्न सकिन्छ । साथै एलइडी प्रोजेक्टरको हेड ल्याम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कूल र इलुमिनेटेड ग्लोभ बक्स, क्रुज कन्ट्रोल, भ्वाइस रिकग्निसन, गाडी स्टाटको लागि साँचो नचाहिने स्मार्ट कार्ड, चालकको लागि हाइट मिलाउन मिल्ने सिट, दुईवटा एयरब्याग र ईबीडी र बीए सहितको एबीएस समावेश गरिएको कार्यक्रममा जानकारी दिईयो ।
यो एसयुभी गाडी डिजेल ईन्जिनमा एक्सएल, एक्सभी र एक्सभी प्रिमियम गरी तिन प्रकारका र पेट्रोल ईन्जिनमा एक्सएल र एक्सभी गरी दुई प्रकारका रहेका छन् । यसैगरी नयाँ निसान किक्स पर्ल ह्वाइट, ब्लेड सिल्भर, ब्रोजन ग्रे फायर रेड, एम्बर अरेन्ज, जीप ब्लु पर्ल र नाइट सेड गरी जम्मा ७ प्रकारका विभिन्न कलरमा बजारमा उपलब्ध रहेको प्रबन्ध निर्देशक कोइरालाले बताए ।
यसको स्टाइलिस डिजाइनले यसको क्षमता र ड्राइभिङ्ग डाइनामिक्सलाई परिपूरकको काम गरेको छ । नयाँ निशान किक्सको पेट्रोल इन्जिनमा १.५ एचफोरकेको ५ स्पीड ,म्यानुअल ट्रान्समिसन रडिजेल इन्जिनमा १.५ केनाइनडी डीसीआईको ६ स्पीड म्यानुअल ट्रान्समिसनमा उपलब्ध रहेको छ ।
किक्सको माइलेज क्षमतालाई अति नै उत्तम मानिएको छ । पेट्रोल इन्जिनले प्रतिलिटर १४.२३ किलोमिटर र डिजेल इन्जिनले प्रतिलिटर २०.४५ किलोमिटर गाडी चल्नसक्ने एआरएआईले प्रमाणित गरिसकेको कम्पनीको भनाई छ । निशान कम्पनीले यसलाई ‘द इन्टिलीजेन्स एसयूभी’का रुपमा चिनाएको छ । ‘यसको डाइमेन्सन असाध्यै उत्कृष्ट रहेको छ । यसको एक्सटेरियर निकै प्रिमियम खालको छ । ग्राउन्ड क्लियरेन्स, इन्टेरियर, सुरक्षा लगायतका फिचर उत्कृष्ट रहेका छन् । अहिलेको प्रतिस्पर्धी बजारमा ‘मूल्यका हिसावले पनि किक्स गाडी विशेष रहने छ ।