साहित्यकार रेग्मीको नयाँ उपन्यास ‘ईप्सान्त’ विमोचन

चितवन, फागुन ४ / चितवनका साहित्यकार शशिकिरण रेग्मी ‘रह शर्मा’ को नयाँ उपन्यास ईप्सान्तको आज विमोचन भएको छ ।

बरिष्ठ साहित्यकार भूवनहरि सिग्देलले उपन्यासको विमोचन गरेका हुन् । उपन्यासमाथि समालोचकहरु डा धनेश्वर भट्टराई, लक्ष्मी बराल, रेशम विरही र प्रेम रिमालले टिप्पणी गरेका थिए । विदेशिनुको पीडाबारे लेखिएको उपन्यासले नविनतम विषय समेटेको समालोचक भट्टराईले बताए । दिवा स्वप्नपछि दगुर्दै विदेशिनेको कथा देखाउँदै उपन्यासले अमेरिका जाने इच्छाको समाप्तीलाई प्राथमिकता दिएको उनले बताए ।

त्यसैगरी अर्का समालोचक लक्ष्मी बरालले उपन्यास सरल भाषामा लेखिएको बताइन् । कार्यक्रम साहित्य संगमको अध्यक्ष प्रकाश चापागाईँको अध्यक्षतामा भएको थियो ।