कञ्चनपुरमा एकघरबाट १८ किलो सुन बरामद !

घरभित्र खाल्डो खनेर बोरामा लुकाइएको सुन यसरी फेलापर्यो


काठमाडौं । कञ्चनपुरमा एकघरबाट १८ किलो सुन बरामद गरिएको छ । कञ्चनपुरको पुनर्बास नगरपालिका–२, दशरथबस्तीको एक घरबाट सो सुन बरामद गरिएको हो । सो स्थानमा ठूलो परिमाणमा सुन लुकाइएको सूचना पाएपछि आज बिहीबार दिउँसो अनुसन्धान अधिकारीहरुको एउटा टोली त्यसतर्फ हुइँकियो । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको क्षेत्र भए पनि त्याहाँ केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०का एसपी सुदिप गिरी र महागनरीय अपराध महाशाखाका डीएसपी रुगम कुँवर पनि खटिएका थिए । निर्मला हत्या प्रकरणको अनुसन्धान गरिरहेको यो प्रहरी टोलीले सुनबारे सुराक पाएको थियो ।जब दिउँसो प्रहरी टोलीले शंकास्पद घरमा गएर छापा हान्यो, सुरुमा त केही भेटिएन ।

तर, एउटा कोठामा स्टोर गरिएको आलुलाई पन्छाउँदा त्यहाँ खोस्रिएको जस्तो सुख्खा माटो देखियो । त्यसपछि प्रहरी त्यहाँ खन्न थाल्यो ।केहीवेरमै प्रहरीले त्यहाँ सेतो प्लाष्टिकको बोरा फेला पार्‍यो, जसमा सुनका १८ वटा बिस्कुट थिए । हरेक विस्कुटलाई कालो कपडा बेरिएको थियो । कपडाको पोका खोलेर हर्दा हरेकमा सुन भेटिएको थियो ।प्रहरीको प्रारम्भिक अनुसन्धानले सुन भारतबाट ल्याइएको देखाएको छ । घटनामा संलग्न एक जना पक्राउ परेका छन् भने थप अनुसन्धान जारी रहेको प्रहरी श्रोतले जानकारी दिएको छ ।