गाई गोरुको तस्करी बन्द गर ।


केही तस्कर र तिनका मतियारहरुको फाईदाको लागी नेपालको राष्ट्रिय जनावार गाई अनि गोरुको समेत निर्वाद तस्करी बढनु गलत हो । नेपालबाट बर्षेनी हजारौं मात्र होईन लाखौंको सँख्यामा गाईगोरुको तस्करी भईरहेको भएपनि सरोकारवाला पक्षहरुको बेवास्ताको कारण तस्करहरुको मनोबल झन बढीरहेको छ । ट्रकका ट्रक गोरु भारतीय राज्य उत्तराखण्ड, उत्तरप्रदेश र बिहारको नेपालको सिमार्वती क्षेत्रबाट पश्चिम नेपालको पुर्बपश्चिम लोकमार्ग हुँदै पुर्ब झापासम्म किन पुग्छन ? यो दुनिँयालाई थाहा छ । यसरी सिमाबाट राती, सिमा सुरक्षबलको आँखा छलेर वा मिलेमतोमा नेपालमा दैनिकजसो गाईगोरुहरु भित्रिने गर्दछन । त्यसरी भित्रिएका गोरुहरुलाई तस्करहरुले नेपाली नम्बरका ट्रकमा राखी लोकमार्गको बाटोहँुदै निर्वाद रुपमा पुर्ब नेपालको झापासम्म पु¥याउछन् । अनि त्याँहाबाट पनि जसरी नेपाल भित्र्याए त्यसरी नै भारतको पश्मिबंगालको सिलगुडी हँुदै बङ्गालादेशसम्म पुग्ने गरेको छ । तस्करहरुले यो काम बर्षौंबाट गरिहेका छन् । बेलाबखत रोकिएपनि फेरी सबैतिर सेटिङ्ग मिलाई तस्करहरुले तस्करीलाई बढवा दिईरहेका छन् । यो काममा प्रहरीका कतिपय हाकिमदेखि तल्लो तहका फुलिवालसम्मको मिलेमतो रहने गरेको आम आरोप छ । तस्करहरुले जिल्ला जिल्लाका गुण्डाखेखि दलका भातृसंगठनका हर्ताकर्ताहरुलाई समेत मिलाएर तस्करीमा सदाबहार सफलता पाईरहेको देखिन्छ । बिगतमा गुण्डागर्दी मौलाउनुमा गारु तस्करीको रकम कस्ले बढी हजम गर्ने भन्ने रहेको स्वंय तथ्य साक्षी छ । यसर्थ हाम्रो देशमा प्रयाजन र राज्यलाई कुनै राजस्व पनि नआउने तस्करहरुमात्र मोटाउने गोरु तस्करी नियन्त्रण गर्नुपर्ने देखिन्छ । अर्कोतर्फ तस्करहरुले गोरुसँगै गाईको पनि तस्करी गर्ने गरेकोले हाम्रो राष्ट्रिय जनावारलाई यसरी अबैध रुपमा तस्करी गर्नु पनि अपराध नै हो । त्यस्ता अपराधीहरुलाई कार्बाही गर्नु आवश्यक देखिन्छ । अत्ः गाई गोरुको तस्करी बन्द गर । भण्डाफोर अभियान साप्ताहिकबाट