गैंडाकोट प्रहरीकै अगाडी भुमाफिया र गुण्डाले गरे गरिबको घरमा तोडफोड ।(भिडियो सहित)

प्रहरीको कार्यशैलीप्रति सामाजिक सञ्जालमा आमसर्बसाधारणको ब्यापक बिरोध, भिडीयो भयो भाईरल ।

सुर्य बराल / गैडाकोट । नवलपुर । नवलपरासी जिल्लाको सुस्ता पुर्ब गैडाकोट नगरपालिकामा एक गरिब सुकुम्बासी परिवारको घरमा भुमाफिया र गुण्डाहरुले तोडफोड गरी घरका सम्पूर्ण सामान पनि फालिदिएका छन् । यो घटना गत् शुक्रबारको हो । गैंडाकोट १ आर्दशटोलमा बिहानको ११ बजेतिर यो घटना भएको हो । अचम्म त् यो छ कि यो घटना हँुदा तिनै भुमाफिया र गुण्डाहरुले नेपाल प्रहरीको बर्दीधारी एक टुकडी ल्याई यो हर्कत गरेका छन् । ईलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी निरिक्षक लोक बहादुर जी.सी.को निर्देशनमा एक हुल प्रहरी गरिबको बास उठाउन भुमाफिया र गुण्डाहरुको मतियारको रुपमा देखापरेको भन्दै घटनास्थलमै स्थानीयले बिरोध जनाएको भिडीयोमा प्रष्ट देख्न सकिन्छ । घटनास्थलमा आएकी प्रहरी सहायक निरिक्षकलाई प्रश्न गर्दा उनी नाजवाफ भएको भिडीयोमा प्रष्टै देखिएको छ । यो घटनाको भिडीयो पत्रकार सुर्य बरालको फेसबुकमा अपलोड भएसँगै सिधाकुरा डटकम, लाईभनेपाल डटकम लगाएतका देशभरका दर्जनौं अनलाईनमा समाचार भाईरल भएको छ । सामाजिक सञ्जालमा यो घटनाको बिषयलाई लिएर नेपाल प्रहरीलाई आम जनताले गर्नु गाली गरेका छन् । आम सर्बसाधरणको सुरक्षाको लागी खट्नुपर्ने प्रहरी किन भुमाफिया र गुण्डाहरुको मतियार बन्यो त ? त्यो गरिब सुकुम्बासी परिवार किन र कहिलेबाट त्यो ठाँउमा बसे ? त्यो जग्गाका बास्तबिक धनी को हुन र उनीहरुको अवस्था के छ । कहाँ कहाँ छन् । यसबारे हामीले खोजीनिती गरिरहेका छौं । हामीलाई प्राप्त सुचना अनुसार जग्गाधनी कोहीपनि त्यो घर भत्काउन आएका छैनन् । उनीहरु त् नेपालमै नरहेको खुल्नमा आएको छ ।
घटना बिबरण यसप्रकार छ ।


गैडाकोटमा रहेको सलाई फयाक्ट्रीमा काम गर्ने श्रमिक ईन्द्र बहादुर बोगटीलाई हाल आर्दशटोलकी स्व. श्रीदेवी घर्ती क्षेत्रीले आफ्नो काम सघाँउनको लागी भनेर २०४८ सालमा आफ्नै घरमा बोलाईन् । श्रमिक ईन्द्र बहादुर बोगटी र उनकी श्रीमतीले रातदिन श्रीदेवीको सेवा गर्न लागे । उनीहरुको घरको काम, बस्तुभाउ देखि खेतीपातीसम्म समालिदिने काममा बोगटी दम्पति अहोरात्र खटिरहे । शुरुको महिनामा तलब माग्दा घर्तिले तलब दिन नसक्ने बरु आफुले खेतिपाती अदिँयामा दिने र पछी बसोबासको लागी जग्गा दिन्छु भन्दै आफुहरुलाई राखेको पिडीत पार्बती बोगटीको भनाई छ । ५४सालबाट बारीको तलपटी घरबनाएर बस भन्नुभो त्यसै गरे पिडीत ईन्द्र बहादुरले भने । श्री देबी र उनका ज्वाँईको मृत्युपछी श्रीदेवीकी छोरी बिष्णुकुमारी बस्नेतलाई कावासोतीमा रहेका उनका आफन्तहरुले उचाली आफुहरुलाई हटाउन लागीपरेको पिडीत बोगटी परिवारको दुखेसो छ ।

पिडीत पार्बतीका अनुसार बस्नेतकै आफन्त पर्ने दिवस जी.सी. नामका गैडाकोटका यस अघिका प्रहरी निरिक्षकले आफुहरुलाई उठाउन खोजेको तर आफुहरु यो ठाँउबाट त्यसै नजाने बरु बसोबासको लागी एक टुक्रा जमिन भए पुग्छ भनेपछी उनले मानसिक रुपमा दबाब दिएको बताईन् । यता, बिष्णुकुमारीका सबै छोरा छोरीहरु अमेरिका रहेको बुझिएको छ । अमेरिका बस्ने छोराछोरीहरु भन्दा पनि भदाहा नाता पर्ने कावासोतीकै एक पुर्ब प्रहरी जग्गा बिक्रि गराई कमिशनको चक्करमा लागेको र ति पिडीतको कारण जग्गा खरिद गर्नेले जग्गा लिन नमानेपछी बोगटी परिवारलाई जर्बजस्ती गुण्डा लगाई हटाउन खोजेको खुल्नमा आएको छ । भण्डाफोरलाई प्राप्त सुचना अनुसार भिडीयोमा रातो स्विटर लगाएका प्रहरीका तिनै पुर्ब हाकीमले यो गुण्डा परिचालनको काम गरेको खुलेको छ । घर भत्काउन आउने गुण्डाहरु मध्य केही बिभिन्न मुध्धा खेपेका र एकजना ज्यान मुध्धाका फरार अभियुक्त रहेको समेत खुल्नमा आएको छ ।
यसरी एक गरिबको घरमा बिना सुचना टाँस गरी एक्कासी जुन तरिकाले घर भत्काउने कार्य त्यो पनि नेपाल सरकारको प्रहरीकै अगाडी भयो । यो घटना अत्यन्तै निन्दनीय छ । यस घटनामा सग्लँनलाई तत्काल कार्बाही गरिनुपर्छ । यस घटनामा जोडिएको गैडाकोट प्रहरी निरिक्षक लगाएतलाई समेत कार्बाही गरिनुपर्ने स्थानियको माग छ । गुण्डाहरुले घर भत्काएको बिषयमा प्रहरी चौकीमा रिर्पोट दर्ज गर्नु त् परैको कुरा उल्टै पिडीतलाई प्रहरीले पक्रिएर लगेपछी स्थानिय थप आक्रोशित भएका थिए । तर पछी सर्बसाधरणको ठुलो समूह देखेपछी प्रहरीले उनीहरुलाई सुरक्षाको लागी चौकी ल्याएको भन्दै आफ्नो कर्तुतको बचाउ गरेका छन् । यर्सथ, आमसर्बसाधरण नागरिकको ज्युधनको सुरक्षा गर्नुपर्ने प्रहरीले नै यसरी गुण्डाले घर भत्काएको हेरेर बस्ने हो भने प्रहरी के को लागी आम चिन्ता र चासोको बिषय बनेको छ । स्थानिय सरकारको रुपमा रहेको नगरपालिकाको प्रमुख, उपप्रमुख र १ नं. वडा अध्यक्ष समेतले पिडीत बोगटी परिवारले बास पाउनुपर्ने बताईरहेको भएपनि स्थानिय सरकारलाई नै चुनौती दिनेगरी भएको गरिबको बास उठिबास लगाउनखोज्ने घटनाको वडाअध्यक्ष हरि.प्रसाद सापकोटाले समेत बिरोध गरेका छन् । भण्डाफोर अभियान साप्ताहिकबाट